काठमाडौं । कल्पना खरेलको उपन्यास ‘भृकुटीतारा’ लोकार्पण गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताउनुभयो । प्राडा.गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गर्नुभएको थियो भने अनेसासकी पूर्वअध्यक्ष गीता खत्रीले आफू तिब्बत क्षेत्रमा केही समय बस्दाको अनुभव सुनाउनुभएको थियो । उपन्यासकार खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारेका प्रशंग बताउनुभएको थियो ।
आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्नेमा आफू आशावादी रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, सन्ध्या पहाडी, डा.सदानन्द कडेल, डा.दामोदर पुडासैनी किशोर, शंकर भारतीलगायतले आ-आफ्ना भनाइ राख्दै कृतिका बारेमा चर्चा गर्नुभएको थियो । यो उपन्यास मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच