काठमाडौं । दशैंको फूलपातीको अवसरमा यही असोज २४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त निरौला निर्देशित यो चलचित्रको झण्डै तीन मिनेटको ट्रेलरमा ज्वाइँ साब बन्न पुरुष पात्रले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ ।
बिहीबार सार्वजनिक भएको चलचित्रको ट्रेलरले प्रस्तुत कथावस्तुलाई खुलाएको देखिन्छ । ट्रेलरमार्फत चलचित्रले सम्पत्तिको लोभमा विवाह गर्दा आउने कठिनाइबारे वस्तपुरक सन्देश दिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर चलचित्र बनेको ट्रेलरले प्रष्ट्याउँछ ।
ज्वाइँ साब बन्न पाउने अवसरको विज्ञापन सुनेपछि सम्पत्तिको लोभमा अभिनेत्री नीति शाहसँग विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा हुन्छ । र, नीतिले योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिता गराउनुहुन्छ । ती सबैमा उत्तीर्ण भएका अभिनेता जितु नेपालसँग उहाँको विवाह हुन्छ । तर त्यसपछिको परिस्थितिले जितु वैदेशिक रोजगारीमा जान बाध्य भएको कथावस्तु ट्रेलरमा समेटिएको छ ।
चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणि नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डेलगायतको अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको द्वन्द्व निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच