काठमाडौं । महात्मा गान्धी यस युगको मानवतावादी दार्शनिक भएको र गान्धी विचारको अनुशीलनले समाजलाई हिंसा, हतियार र शक्तिबाट मात्रै समाज परिवर्तन हुन्छ भन्ने मान्यतालाई अस्वीकार गरेको विचार विभिन्न वक्ताको रहेको छ । गान्धीको १५५औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस कार्यक्रमका वक्ताहरूले सत्य, अहिंसा, शान्ति र न्यायका पक्षमा गान्धी विचारले संसारलाई प्रभावित गरेको र अहिले विश्वभर यो विचार विस्तारित भएको धारणा राख्नु भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका, गान्धी आदर्श माध्यमिक विद्यालय, नेपाल-भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोवल फेमेली नेपालको संयुक्त आयोजनामा गान्धी विद्यालयको सभा कक्षमा आयोजित प्रवचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले यो क्षेत्रलाई गान्धी अध्ययनको केन्द्र बनाउन प्रयास गर्ने, गान्धीका विचार जान्न उत्सुक विदेशी तथा स्वदेशीहरूलाई आकर्षित गर्न नवीन योजना हुनुपर्ने र त्यसनिम्ति नगरपालिकाले पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव वशिष्ठ नन्दनको विचार थियो- गान्धीका विचार शास्वत रहेको र यसले शान्ति र अहिंसाको मार्गमा लाग्न प्रेरित गरेको छ । उहाँका अनुसार भविष्यमा पनि गान्धी विचारको सान्दर्भिकता रहिरहने छ ।
विशेष वक्ताको रुपमा वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहालले युद्ध र हिंसाले आक्रान्त देश, समाजलाई गान्धीका विचार मार्गदर्शक हुने बताउनुहुँदै सन् १९४२ मा भारत छोडो आन्दोलनमा धेरै नेपालीहरूको सहभागिता रहेको हुनाले नेपालमा गान्धी विचार निरन्तर सम्मानित भएको धारणा राख्नुभएको थियो । उहाँले तुलसीमेहर, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, रामहरि जोशी जस्ता अनेक विचारक, कर्मशील व्यक्तित्व र राजनीतिकर्मीहरूले गान्धी विचारलाई आफ्नो जीवनमा उतार्ने प्रयास गरेको स्मरणसमेत गर्नुभयो ।
कार्यक्रममा नेपाल-भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसाल, नेपाली कांग्रेस काठमाडौं दुई क्षेत्रका सभापति कवीर शर्मा, विदुषी पार्वती भण्डारीले समेत मन्तव्य प्रकट गर्नुभएको थियो । विद्यालयव्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको दीपप्रज्वलन प्रमुख अतिथि कार्कीले गर्नुभएको थियो भने विद्यार्थी प्रतिनिधि यमुना खड्का र सुयोग खड्काले मन्तव्य प्रकट गर्नुभएको थियो । विभिन्न कक्षाका विद्यार्थीहरूले कार्यक्रममा रोचक नृत्य, गीत, संगीतसमेत प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच