✍️ सुरेशकुमार भट्ट
असोज ११ गते शुक्रबारको अंकबाट क्रमशः
बाहिर खेतका गरा चौरमा चुलढुंगा लाउने पकाउने खानपिन गर्ने ढोका लाउने सुत्ने । बिहान थपक्क आफूले ओछ्याएको गुन्द्री बेरेर उभ्याइदिने, बेलुका एक एक सुका प्रतिढाक्रे तिरेकै छ । साहु बोलुन नबोलुन बाहिर निस्केर लहै साहुजी हामी त गयौँ भन्ने हिँड्ने । यही थियो चलन बासको । यही रीतमा ढाक्रे खानपिनतिर लागे तर बले र सेतीको जाऊँ भने दुईटा लोग्ने लिएर कसरी जाऊँ त्यही पनि बाटैमा रात पर्छ । बसौँ कुन चाहिँसँग बसौँ ? दुईटैसँग बस्न पनि मिलेन एउटासँग बस्न कुन हो छुट्टिँदैन । एक्लै बसौँ रातको बेला उमेरदारी छोरी मान्छे । निद्रामा कसैले झुक्याइदियो भने के गति होला ? हे ! दैव लौन मलाई यत्रो बलाइत कुन दिनको पापले आइलाग्यो लौन भगवान मलाई पार लाइदेऊ भनेर मनमनले भन्दै जाँदा अन्तरमनको डर र पीडाले अनयाशै आँसु खसेछ ।
अरू भाइ भतिजाले भात पकाइरहँदा बुढा थकाइ मार्दै सेती र बले बलेको चर्तिकला सम्झेर त्यतै सेतीतिरै हेर्दै रहेछन् । आँसु खसालेको देखेपछि नानी तिमीलाई कष्ट पर्यो म उपाय लागेसम्म केही गरौँला । तपाईहरू पनि खान पिन गर्नुस् भाँडा माग्नुस् चामल दाल तरकारी के खाने हो साहुको पसलबाट लिनुस् र पकाएर खानुस् साँझ टरेपछि म उपाय निकालुला भयो दुःखी नहुनू नरुनू । हो र बा मेरा लागि भगवान तपाईं नै हो बा यति खेर, ल ल जाऊँ ।
बुढाले लौराले टाउकोमा छोएर अर्को बलेलाई भने ‘ए बले बाबु ल भन तिमी सक्कली बले कि ऊ सक्कली बले हो ? म हुँ नि बा सक्कली बले यिनको पोइ भनेर सेतीलाई देखायो । ए नानी यही हो त सक्कली बले ? खोइ बा म जान्दिन चिन्दिन कुन हुन् कुन होइनन् ।
पसलबाट चामल आलु भटमास तेल भाँडा ल्याएर सेतीले तीनजनाका लागि भात पकाई दुबै बलेले खाईपिई गरे र बले दुईटा एउटा गुन्द्रीमा र सेती अर्को गुन्द्रमा कुनापट्टि सुत्ने सल्लाह भयो । सबैले खाईपिई सकेर भाँडा माझेर आआफ्ना डोकामा हालेर कोही गफ गर्ने, कोही कथा हाल्ने, कोही सिलोक गाउने, कोही गीत गाउने गर्न थाले । एकापट्टि छेउमा बुढा बाको गुन्द्रमा बले, बले र आफ्नै ओच्छ्यानको गुन्द्रमा सेती बसेकी थिई । बुढाले एक छिनपछि दुवै बलेलाई भने तिमी कुन चाहिँ सक्कली हौ यो नानीलाई दुःख नदेऊ भन भने । जब बुढाले कुरा थालेका थिए भूइँतलामा सुतेका ढाक्रे सबै चुपचाप त्यतैतिर ध्यान दिएर सुन्न लागे ।
ढाक्रे बुढाबाले डोकाको कदेउरी लौरो बाँधेको जुइनो (सानो छोटो डोरी) आफ्नै हातले फोएर डोरीको एउटा कडी (कल्ली) बनाए र हातमा लिए ढाक्रेका दुईटा लौरा ल्याएर त्यो जुइनो उनेर बलिया ढाक्रे केटाहरूलाई बोलाएर लौरो तलमाथि तेर्सो गरी तेस्र्याएर समात्न लाए, माझमा जुइनोको रिङ छ । तब बुढाको लौराले एउटा बलेको टाउकोमा छोएर भने ‘ए बले बाबु ल भन तिमी सक्कली बलेकी नक्कली ? ल भनी हाल भनेर थर्काए । म सक्कली यो सेतीको पोइ बले नै हुँ भन्यो र आँखा रसिला बनायो । पक्का होस् ? हुँ बा हुँ मै हुँ भन्यो । ल तँ चुप लाग हेर यहाँनेर बस भनेर आफ्नो दाहिनेपट्टि राखे । त्यो पछि-पछि आएको बले थियो ।
त्यसपछि लौराले टाउकोमा छोएर अर्को बलेलाई भने ‘ए बले बाबु ल भन तिमी सक्कली बले कि ऊ सक्कली बले हो ? म हुँ नि बा सक्कली बले यिनको पोइ भनेर सेतीलाई देखायो । ए नानी यही हो त सक्कली बले ? खोइ बा म जान्दिन चिन्दिन कुन हुन् कुन होइनन् । मलाई के दसालागेर कस्तो साइतमा म बुढाको साथ लागेर माइत हिँडेछु । यस्तो कसैलाई नपरोस् भनेर सुँक्क-सुँक्क गर्न लागी सेती । बाले भने नानी तिमीले रुनु पर्दैन चुप लाग भने । बाले को सक्कली बले भन ? भने ‘म’ भन्छ एउटा, ‘म’ भन्छ अर्को दुवैलाई तिन फेर सोधे र चारौं पालिमा भने साँचो भन साँच्चै हो बा म नै हो भन्छन् दुवै ।
तब बुढाले ढोका ला ए किस्ने भने हस् बा भनेर किस्नेले ढोका लायो । ल रामे र धने लौरो बलियो गरी समाओ है भने । आफूनेर बसेको बलेलाई भने ए बले तँ यो डोरीको प्वालबाट छिर्न सक्छस् ? नाइँ बा म त सक्दिन कसरी छिर्ने ? यसरी छिर्ने भनेर मैले सिकाउने हो र तिमी पो छिर्ने त । नाइँ बा मत सक्दिन । त्यसो भए तैँले सेती पाइनस् नाथे । रोएर बस । एक छिन चुप लाग । अर्को बलेलाई भने ए बले तिमी यो डोरीको प्वालबाट छिर्न सक्छौ ? सक्छु बा म त सक्छु । ए हो ? ल साँच्चि नै सक्ने भए छिरेर देखाउ त हामी पनि हेरौँ भनेर बाले भने । तब बसेको ठाउँबाट बले उठेर आयो । बुढाले भने ए केटा हो लौरो लिएरी समात बले छिर्छ रे ।
कोही पनि भद्रा लागेको बेला साइत नगरोस् भने । भद्राले पनि बाचा बाँधेकोले त्यसपछि कहिल्यै पनि भद्रा देखिने गरी रूप लिएर दुःख दिन आएन तर काम भद्रगोल बनाउँन भने मान्छेलाई छाडेन । जुनसुकै पनि काम गर्दा भद्रा छ भने गर्दै नगर्नु ।
बले डोरीको रिङमा पुगेर सानो बनेर छिरेर ठिंग उभियो । तब बुढाले भने ए केटा हो आआफ्ना लौराले यो भद्रा डाकालाई ठोक ठोक छिटो ठोक अनि यसलाई यहीँ बाँधेर लडाओ भने दुई चार जनाले बसाली हाले डोरीले कसेर चौखुर्याएर लडाइहाले अनि बाँधिएकै अवस्थामा हात जोडेर लौरो खाने बाँधिने भद्रा बलेले भन्यो बा मलाई नमारिदिनुस् बन्धनमा नपारिदिनुस् अब आइन्दा म यसरी देखिएर कहिल्यै आउने छैन र यसरी कसैलाई पनि दुःख दिने छैन । पक्का आउँदैनस् आउँदिन । ल त्यसो भए बाचा बाँध भनेर बुढाले भने ।
एक तली बाचा दुई तली बाचा तीन तली बाचा चार तली बाचा पाँच तली बाचा छ तली बाचा सात तली बाचा बाचै बाचा । आजबाट बाचा भयो म रूप लिएर आउने छैन भनेर त्यसले बाचा बाँध्यो । बुढाले ल बन्धन खोल्देऊ ल गइहाल भनेका मात्र के थिए मेरो अबधि नै छैन किन बस्थेँ त नि भन्दै अलप भयो । ढाक्रे सबै हललल हाँसे । सक्कली बले र सेती पनि नजिकै भएर हाँसे । सबैले एक मुख भएर भने ए बा यो भद्राको कुरा हामीलाई बताई दिनुपर्यो । तब बुढाले भने हेर साइतले दिने राजाले पनि दिँदैन । ए सेती नानी तिमी र बले बाबु भद्रा लागेको बेलामा घरबाट साइत गरेछौ ।
त्यसैको फल हो यो आपत् तर तिमी दुईले यो संसारकै कल्याण गरिदियौ किनकि तिमीहरूको यो दसा नभएको भए सधैँभरी भद्राले प्रत्यक्ष रूपमा नै दुःख दिन्थ्यो होला । अब त प्रत्यक्ष नआउने भयो नि तिमीहरूका कारण । त्यसकारण तिमी दुई आज सुरिक्षित भयौ तर संसार सधैँ होसियार र सुरक्षित भयो । त्यसैले कोही पनि भद्रा लागेको बेला साइत नगरोस् भने । भद्राले पनि बाचा बाँधेकोले त्यसपछि कहिल्यै पनि भद्रा देखिने गरी रूप लिएर दुःख दिन आएन तर काम भद्रगोल बनाउँन भने मान्छेलाई छाडेन । जुनसुकै पनि काम गर्दा भद्रा छ भने गर्दै नगर्नु । त्यसैले भद्रा लागको बेलामा मानिस कोही पनि अहिले पनि साइत गर्दै गर्दैनन् । त्यही भएर भनेको ‘भद्राको साइत, लोग्ने चिन्न बलाइत’ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच