काठमाडौं । मनकामना केबुलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते विजयादशमी र २७ गते एकादशीका दिन बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । कम्पनीका अनुसार मनकामना केबुलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउनेछ ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि केबुलकार सञ्चालन हुँदै आएको छ । चितवनको इच्छाकामना ४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच