अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित बनाएको आरोप

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । कर संकलनको लक्ष्य प्राप्त गर्नका लागि गरिएको बजार अनुगमनले स्थानीय ब्यापारीहरूलाई त्रसित बनाएको छ। करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र बर्दघाट नगरपालिकाको समन्वयमा शुक्रबार आयोजित एक अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले गर्नुभएकाे थियाे। उहाँले नगरले २०७४ सालमै निर्धारण गरिएको कर प्रणाली लागू गरिएको जानकारी गराउँदै करको दायरा भने बढाइएको तर दरमा वृद्धि नगरिएको बताउनु भयो । त्यस्तै नगर उप-प्रमुख रुद्रप्रकाश उपाध्यायले गत आर्थिक वर्षमा बर्दघाट नगरपालिकाले ७ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको र करको दर नबढाई दायरा विस्तारमा ध्यान दिएको बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले अनुगमनका क्रममा निश्चित ब्यापारीहरूलाई लक्षित गरी गरिएको कारवाहीले व्यवसायीहरूलाई त्रसित बनाएको गुनासो गरे। संघका अध्यक्ष लेखनाथ न्यौपानेले प्रशासनको अनुगमन टोलीले ब्यापारीहरूलाई सुनुवाइ नगरी सटर बन्द गर्न बाध्य बनाएको बताउनु भयो । बर्दघाट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले ब्यापारीहरूलाई तीन तहका सरकारले कर मागेर हैरान पारेको भन्दै अवैध सामान भित्र्याउनेहरूलाई रोक्न प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्यायले अनुगमन गर्दा सरोकारवालाहरूको सहभागीता आवश्यक रहेको बताउनु भयो । उहाँले कर संकलनको लक्ष्य प्राप्त गर्न दुई-तीन ब्यापारीलाई मात्र लक्षित गर्दा व्यवसाय विस्थापित हुने खतरा रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सहभागीहरूले अनुगमनका क्रममा नगरका सबै सरोकारवालाहरूको सहभागितामा काम गर्न माग गरे । व्यापारमा अनुगमनका नाममा त्रास फैलाउनुको सट्टा समाधानमुखी कार्यदिशा तय गर्न आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?