हेटौंडाबाट ११ करोड ४३ लाख बराबरको सुनसहित दुई भारतीय पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Pakrau
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुर प्रहरीले ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अबैध सुनसहित सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ। हेटौंडा-१५ रातोमाटे चेकपोस्टमा खटिएको प्रहरीले उक्त सुनसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्कुटर चालक देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ को राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान १९ बिहान ३ बजेको समयमा बिशेष सुचनाको आधारमा पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा शंका लागि निजहरुको शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलीकाे सुन भेटिएको हो ।

सुनजस्तो देखिने पहेलो धातुको बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम (आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा) फेला पारेको थियो ।

उक्त सुनसहित अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज