
गुल्मी । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिने भएको छ । मदाने गाउँपालिका वडा नम्बर–१, अग्लुङ्गमा स्थानीय गाई संरक्षण गर्न घरमा पालेको गाई सुत्केरी हुँदा किसानलाई प्रोत्साहनका लागि भत्ता प्रदान गर्न लागिएको हो ।
स्थानीय गाई लोप हुन लागेको भन्दै यहाँका पाका पुस्ताबाट निकै चासोका साथ गुनासो आएसँगै वडाले रैथाने गाई संरक्षणका लागि चालू आर्थिक वर्ष २०८१/०८२ मा बजेटको समेत व्यवस्था गरेको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो । वडा अध्यक्ष चन्दका अनुसार अग्लुङ्गभित्रका किसानहरुले पालेका स्थानीय गाई संरक्षण गर्न गाई सुत्केरी हुँदा भत्ता प्रदान गर्नुका साथै किसानलाई प्रोत्साहन गर्नका लागि वडाले यस वर्ष एक लाख रुपियाँ बजेट छुट्याएको छ ।
आर्थिक र सांस्कृतिक महत्व बोकेका रैथाने गाई लोप हुनबाट जोगाउनका लागि वडाले गाई संरक्षण गर्न विशेष कार्यक्रम ल्याएको हो । गाउँमा स्थानीय गाई पाल्ने किसानहरु नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा पुग्न थालेका छन् । गाईको दूध, मुत्र (गहुँत) र गोवर विभिन्न धार्मिक कार्यक्रमहरुमा चाहिने हुँदा गाउँघरमा रैथाने गाई नै पाल्न छाडेपछि धर्म संस्कृति समेत लोप हुँदै जाने भन्दै वडाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।
गाई बिक्री गर्दा उचित मूल्य नपर्ने र पछिल्लो पुस्ता पशुपालनसँगै कृषि पेशामा आवद्ध नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा रहेको स्थानीय बालनरसिंङ चन्दले बताउनुभयो । स्थानीय गाई संरक्षणका गर्नका लागि देशव्यापी अभियान जरुरी रहेको भन्दै उहाँले वडाले गाई संरक्षणको लागि गरेको कार्य सबैले अनुसरण गर्न जरुरी रहेको बताउनुभयो ।
स्थानीय पण्डित हरिप्रसाद भट्टराईले धर्म संस्कृतिको संरक्षण गर्न रैथाने स्थानीय गाईको संरक्षण गर्न जरुरी रहेको भन्दै मानव जगतले गाई संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गाई संरक्षण गर्नु मानव जगतको कर्तव्य भएको हुँदा गाईको दूध अत्यन्तै पौस्टिक हुनुका साथै गाईको मुत्र (गहुँत) धार्मिक तथा वैज्ञानिक रुपले पनि अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच