काठमाडौं । गीतसंगीतको मिक्सिङ/माष्टरिङ विधामा अव्वल रहनुभएका मनोज परियारलाई नागरिक समाजको मानार्थ सदस्यता सम्मान अर्पण गरिएको छ । काठमाडौंमा सम्पन्न ‘सामाजिक रूपान्तणका लागि नागरिक समाज’ले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा उहाँलाई मानार्थ सदस्यता प्रदान गरेको हो । विगत एक दशकभन्दा बढी मिक्सिङ/मास्टरिङमा कार्यरत रही विभिन्न बिधामा ७०० भन्दा बढी गीत संगीतमा कार्यगरी अतुलनीय भूमिमा निर्भाह गरी विशेष योगदान स्वरुप मानार्थ सदस्यता प्रदान गरियको संस्थाको भनाइ छ ।
सो अवसरमा लेखक, साहित्यकार तथा गीतकार भीष्मराज फुलारा, नागरिक बोर्ड डट कमकाप्रधान सम्पादक हुमनश्री पौडेल, टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी, अभिनय प्रशिक्षक कविन्द्र त्रिपाठी, संगीतकार राजेन्द्र बजगाईं, अधिवक्त संचारकर्मी कर्मी विष्णु गिरी ‘निश्चल’, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, गायक नारायण थापा, सञ्चारकर्मी शंकर रोक्का सम्मानित हुनुभएको थियो ।
कार्यक्रमको सभापतित्व सामाजिक रूपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यमबहादुर जिसीले गर्नुभएको थियो भने प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर हुनुहुन्थ्यो । पुरस्कार तथा तथा स्रष्टा सम्मान कार्यक्रममा कला, साहित्य, गीतसंगीत, चलचित्र, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद, व्यवसाय, शृंगार एवं समाज सेवाका विभिन्न विधामा पु्स्कार सम्मान एवं मानार्थ सदस्यता वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच