काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसियाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकले जनही एक लाख नगद पुरस्कार प्राप्त गरेको जनाएको छ ।
दशैँ, तिहार र छठपर्वको रौनक मनाउन सुरु गरिएको योजनालाई नेपालभरका ग्राहकले अत्यन्त मन पराएको पनि कम्पनीको दाबी छ । योजनाअन्तर्गत चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् भने चार भाग्यशाली ग्राहकले जनही एक लाख जितेका छन् ।
उल्लेखित विजेतामा निश्चल घर्ती, तिरुमाला मोटर्स एकान्तकुना, प्रतिमा भण्डारी, युनाइटेड मोटर्स प्रालि, चितवन, सन्तोष सुवेदी, आस्था ट्रेडर्स, वालिङ, शान्ति साउद, केडी अटोमोबाइल्स महेन्द्रनगर रहेका कम्पनीले जनाएको छ । योजनाअन्तर्गत होण्डा इजी फाइनान्समा पनि उपलब्ध रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच