काठमाडौं । विश्व शिक्षक दिवसका अवसरमा परोपकारी संस्था हेड्स नेपालले काठमाडौंको वनस्थलीमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बडादशैँलगायत चाडपर्वको समयमा शैक्षिक संस्था लामो समय बन्द हुने भएकाले बालबालिका तथा युवाको निरन्तर सिकाइ प्रभावकारी बनाउन अभिभावकलाई प्रशिक्षित गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
स्रोत व्यक्ति शिक्षाविद् शरण अर्यालले बालबालिका र युवा विद्यार्थीलाई अभिभावकले गर्ने प्रश्न नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई के बन्ने नसोध्नुहोस्, बरु कस्तो मान्छे बन्ने भनेर अन्तरक्रिया गर्नुहोस्, चाडबाडमा आफन्तहरू भेट हुँदा गर्नुपर्ने व्यवहार सिकाउनुहोस्, दशैँ तिहारका परिकार बनाउन सिकाउनुहोस् र स्वस्थ्य व्यवहार अपनाउन उत्प्रेरित गर्नुहोस् ।’
स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा परोपकारितामा सक्रिय हेड्स नेपालले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरेको छ । संस्थाका सदस्य र समुदायका अगुवालाई बाढीपहिरोलगायत मनसुनी विपद्को समयमा पनि प्रेरित गर्न शुभकामना कार्यक्रम लक्षित रहेको संस्थाका अध्यक्ष दिलिप देवकोटाले बताउनुभयो । शिक्षा समिति संयोजक रामकृष्ण शर्माले दुवै कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच