नयाँदिल्ली । बंगलादेशविरुद्धको पहिलो टी-२० खेलमा भारतले जित हात पारेको छ । आइतबार भारतको ग्वालियरमा भएको तीन खेलको सिरिजअन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टिमले जम्मा ३ विकेट गुमाएर ११ दशमलब ५ ओभरमै जित हात पार्यो ।
बंगलादेशका लागि भने हसन मिराजले सर्वाधिक ३५ रन बनाउनुभयो । यसबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोड्नुभयो भने सञ्जु सैमसन र सूर्यकुमार यादवले समान २९-२९ रन बनाउनुभयो । बंगलादेशलाई सस्तोमै समेट्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समान ३-३ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच