लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती चेल्सीले नटिङघम फरेस्टसँग अंक बाँडेको छ । चेल्सी र नटिङघम फरेस्टबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा क्रिस वुडको गोलमार्फत् ४९औँ मिनेटमा फरेस्टले सुरुवाती अग्रता लिएको थियो । त्यसको ८ मिनेटमा नोनु माडुन्केले चेल्सीका लागि बराबरी गोल गर्नुभयो । सो खेलमा फरेस्टका वार्ड प्रोजले ७८औँ मिनेटमा दोस्रो पहेँलो कार्डस्वरूप रातो कार्ड पाउनुभएको थियो ।
बराबरीसँगै चौथो स्थानको चेल्सीको सात खेलबाट १४ अंक पुगेको छ । फरेस्टको समान खेलबाट १० अंक छ । आइतबार राती नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले अस्टन भिल्लासँग गोलरहित बराबरी गरेको छ । टोटनहाम हस्टस्पर्स र एफसी पोटोसँग भएको खेलमा कमजोर प्रदर्शन गरेको म्यानचेस्टरका लागि यो बराबरीले केही राहत मिलेको छ । अर्को खेलमा दुई गोलले पछि परेको ब्रिङटन खेल उल्ट्याउँदै टोटनहाम हस्टस्पर्ससँगको खेलमा ३-२ को जित हात पार्न सफल भएको छ ।
टोटनहामले ३७ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । डोमिनिक सोलान्कोको थ्रोलाई उपयोग गदै ब्रिना जोन्सनले छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाउनुभएको थियो । सो गोल उहाँको छैटौँ खेलमा छैटौँ नै थियो । जेम्स म्याडिसनले टोटनहामका लागि दोस्रो गोल गर्नुभएको हो ।
दोस्रो हाफको सुरुवातमा यान्कुबा मिन्टेको गोलमा ब्रिङटन खेलमा फर्केको थियो । ५८औँ मिनेटमा मिन्टेकै पासमा जर्जिनो रुइटरले बराबरी गोल गर्नुभयो । ६६औँ मिनेटमा रुइटरको पासमा डेनी विलब्याकले विजयी गोल गर्नुभयो । सात खेलको समाप्तिसम्म लिभरपुल १८ तथा म्यानचेस्टर सिटी र आर्सनल १७ अंकका साथ शीर्ष तीनमा छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच