काठमाडाैं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भएको आतंकवादी हमलामा दुई चिनियाँ नागरिकसहित केही पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
एक चिनियाँसहित सयौँ पाकिस्तानी नागरिक घाइते भएका छन् । पोर्ट कासिम इलेक्ट्रिक पावर कम्पनीको काफिले देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी शहर कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आतंककारीहरूले आक्रमण गरेका थिए । ठूलो विस्फोट पछि ठूलो आगोले कराँचीको एक एयरपोर्ट नजिकै धेरै सवारीसाधनहरू जलेको प्रहरीले जनाएको छ ।
प्रतिवन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले सामाजिक सञ्जाल प्लेटफर्ममा एक बयानमार्फत आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानी अधिकारीहरूले यसको पुष्टि भने गरेका छैनन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच