हेटौंडा।केही दिनअघिको अविरल वर्षाका कारण इन्द्रसरोवर गाउँपालिस्थित सुन्दर भूगोलमा समेटिएको सिस्नेरी डौडारे बजारको फोटो खिचेर जसले चर्चामा ल्याए, उनै शिव नगरकोटी हाल सबभन्दा ठूलो विपत्तिमा परेका छन् ।
इन्द्रसरोवर-३, सिस्नेरी डौडारे घर भएका २९ वर्षीय नगरकोटी सिस्नेरी डौडारेमा आफ्नो ग्यारेज सञ्चालन गर्दै परिवारसंगै बस्दै आएका थिए । परिवारका अन्य सदस्य आफ्नो पेशामा आबद्ध थिए । आमाबुबा चिया पसल सञ्चालन गर्दै थिए भने सबै कुरा साधारण चल्दै थियो ।
तर, असोज ११-१२ गतेको अविरल वर्षासंगै आएको खोलाले उनको घर, पसल र होटल सबै बगाइदियो । शिव आँखा भरि आशु पार्दै भन्छन्-लगाइरहेको लुगा र शरीरबाहेक केही बचेन । र, रहेन पनि । उनी थप्छन्-'छोरीको औषधिसमेत बगायो । न किन्ने पैसा छ न त सामान नै । भएका पैसा र सम्पत्ति अनि घरखेत सबै बगायो । केही रहेन ।'
अहिलेको सिस्नेरी
'आफन्त र इष्टमित्रले कति फोन गर्दा हुन्, मोबाइल पनि झिक्न भ्याइएन । हामीलाई जस्तो विपत् कसैलाई नपरोस् । सरकारभएको अनुभूति कस्तो हुन्छ, त्यो गर्न अझै पाइएन । खै कति दिन कुर्नुपर्ने हो वडा अध्यक्षलाई भेट्न,’ उनकाे गुनासो छ-५ दिन कुर्नुपर्यो । अब हेर्दै जाउ, सरकारलाई भेट्न कति दिन कुर्नुपर्छ । विभिन्न संघसंस्था राहत दिन आउँदा पनि यहाँका ठूलाबडा भन्नेहरु कुन पार्टीका भन्ने पाराको व्यवहार गर्दा मन कटक्क दुख्छ । उनले सहयोगको अपिलसमेत गरेका छन् ।
अविरल वर्षाका कारण सिस्नेरीस्थित एन्फा एकेडेमीमा प्रशिक्षणरत् ६ विद्यार्थीको पहिरोमा परेर ज्यान गएको थियो । असोज १२ गते पहिरोमा परी ६ प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाएका थिए । जसमा मकवानपुरगढीका साइमन योञ्जन, हेटौंडाका अनुपम घलान, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका रियान्स आचार्य, बाराका विकल रेग्मी र मकवानपुरकै दिवस बानियाँ छन् ।
उता, वागमती प्रदेश सरकारले बाढीप्रभावित स्थानीय तहलाई ५ करोड ८० लाखबराबर आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको छ । तर, नगरकोटीजस्ता प्रभावित ॅसरकार’ खोज्न र उसको प्रतीक्षा गर्न बाध्य छन् । गत साताको अविरल वर्षाका कारण वागमती प्रदेश सबभन्दा धेरै प्रभावित भएको प्रदेश हो । प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड निकासा गरेर सोमध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निणर्य गरेको थियो ।
बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ , १२ स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निणर्य गरेको छ । यहाँका मन्त्रीहरुले बाढीप्रभावितलाई १५ दिनको तलब सहयोग गर्ने पनि भएका छन् ।
सरकारले मकवानपुरको उक्त पालिकालाई ३ महिनाका लागि 'विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । मकवानपुरका इन्द्रसरोवर गाउ“पालिकाका केही क्षेत्र यसमा समेटिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट इन्द्रसरोवर गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गरिएपछि उक्त निणर्य भएको थियो । राहत तथा पुनस्र्थापना कार्यलाई विपद्बाट अतिप्रभावित क्षेत्रमा द्रुतस्तरमा प्रभावकारीढंगले सञ्चालनका लागि इन्द्रसरोवर गाउँपालिका वडा-१, २, ३, ४ र ५ हाल ॅविपद् संकटग्रस्त क्षेत्र’ घोषणा भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच