बझाङ । जिल्लाभर चल्ने छोटो दुरीका सवारीको भाडा नियन्त्रणमा आएको छ ।
जीप व्यवसायी तोकिएको मूल्यको ७ औँ गुणा बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनको नेतृत्वमा एक सातादेखि जिल्लाका विभिन्न पालिकामा अनुगमन तथा निर्देशन दिएपछि भाडादर पुरानै कायम भएको हो ।
जिल्लाको जयपृथ्वी र बुंगल नगरपालिका, मष्टा, तलकोट, केदारस्यूँ, वित्थडचिर, दुर्गाथली, छविसपाथिभेरा गाउँपालिकामा गरिएको अनुगमनमा बढी भाडा लिएका ८० भन्दा बढी जीप कारबाहीमा परेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । उहाँले व्यवसायीसहित सर्वपक्षीय बैठक बसेर तोकिएको भाडादरमा सातौँ गुणा बढी भाडा लिएका व्यवसायीलाई जरिवाना गरिएको बताउनुभयो ।
यात्रु बोक्नका लागि रातो प्लेट नम्बरका जीपहरू प्रयोग भएको पाइएपछि चावी नै थुतेर कारबाही गरेको उहाँले बताउनुभयो । रातो प्लेट भएका जीपले यात्रु बोकेपछि कालो प्लेट भएका जीपलाई मर्का परेको भन्दै त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न लागि परेको उहाँले बताउनुभयो ।
जिल्लामा कच्ची सडकमा प्रति किलोमिटर २० रूपैयाँ र पक्कीमा ९ रूपैयाँ प्रतिकिलोमिटर भाडादर तोकिएको उहाँले बताउनुभयो । तोकिएको भाडादरभन्दा बढी कुनै जीप व्यवसायीले भाडा लिएमा सिधै प्रशासनमा फोन गरेर गाडी नम्बर टिपाउन सकिने उहाँले बताउनुभयो ।
जिल्ला सदरमुकाम चैनपुरबाट नजिकैको तमैल बजार पुग्नसम्म ९५ रूपैयाँ भाडादर तोकिदा पनि दुई सय लिएको पाइएपछि एक साताको बीचमा २५ भन्दा बढी सवारीलाई कडा कारबाही गरेको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएको भाडादर र रातो प्लेट नं भएका जीपले यात्रु बोकेको जानकारी पाउनासाथ कडा कारबाही गर्न ट्राफिकलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच