म्याग्दी । सूचना र संचारको परम्परागत माध्यम हुलाक सेवा पछिल्लो समय ई-कमर्सको अवधारणा अनुसार संचालन हुन थालेपछि हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै जान थालेको छ ।
पछिल्लो समय म्याग्दीको जिल्ला हुलाक कार्यालयबाट चिठीपत्र मात्रै नभएर भान्छामा पाक्ने परिकारदेखि लिएर दैनिक जीवनमा प्रयोग हुने साधनहरुको समेत कुरियर सेवा सुरु भएपछि सेवाग्राहीहरुको संख्या बढेको हो ।
केही दिन अघिमात्र एक सेवाग्राहीले बागलुङको गलकोटमा रहेका आफन्तलाई हुलाकको कुरियर सेवामार्फत कोशेलीको रुपमा गन्द्रुक पठाउनुभयो । त्यसैगरी अर्का सेवाग्राहीले कुरियर गरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै मोवाइल फोन कुरियर गर्नुभयो ।
वि.सं. १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि एक ठाउँको खबर अर्को ठाउँमा पु-याउने भरपर्दो माध्यमको रुपमा रहेको हुलाकसेवा अहिले घरको किचनमा पाक्ने परिकारदेखि ब्यक्तिगत प्रयोजनका लागि आवश्यक पर्ने साम्रागी ढुवानी गर्ने माध्यम बनेको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला हुलाक कार्यालयबाट दैनिकजसो चिठीपत्र सहित नेपाल सरकारले गैरकानुनी घोषित नगरेको बस्तुहरू आदानप्रदान हुने गरेको छ ।
पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ-कमर्सको अवधारणाको प्रयोगसँगै सेवाग्राहीको चाप बढेको कार्यालय प्रमुख अधिकारीको भनाइरहेको छ ।
ब्यक्तिगत चिठी बाहेक सरकारी चिठ्ठीपत्र,अदालती कागजपत्र तथा विदेश जाने युवाहरुको कागजपत्रहरुको ओसार–पसार बाहेक अन्य सेवा विस्तार भएपछि सेवाग्राहीको आर्कषण बढेको प्रमुख अधिकारीको भनाई छ ।
कार्यालय प्रमुख अधिकारीका अनुसार नेपाल सरकारले हुलाकको संरचना परिर्वतन गर्ने निर्णयको देशभर पहिलोपटक म्याग्दीमा कार्यान्वयन भएको थियो ।
म्याग्दीको बेनी नगरपालिका बाहेक ५ स्थानीय तहमा २४ घण्टामै एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिएको प्रमुख अधिकारीको भनाई छ ।
गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएको सूचना अधिकारी सम्झना भण्डारी बानियाँको भनाई छ ।
जिल्ला हुलाक कार्यालयले छिमेकी बागलुङ, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको ताकमसम्म सवारीसाधनकै प्रयोग गरी सेवा दिने गरेको छ । हाल म्याग्दीमा अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच