स्टकहोम । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्कमार्फत् मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभूत खोज तथा आविस्कार गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटीले मंगलबार जनाएको छ ।
होपफिल्ड अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीमा आणविक जीवविज्ञाका प्राध्यापक हुनुहुन्छ । युनिभर्सिटी अफ टोरन्टोमा कम्प्युटर विषयका प्राध्यापक हिल्टनले एआईमा विद्यावारिधि गर्नुभएको छ । भौतिकशास्त्रतर्फ हालसम्म २२४ जनाले भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । हालसम्म जोन बार्डीनले मात्रै भौतिक शास्त्रतर्फ दुईपटक नोबेल पुरस्कार पाएका छन् ।
सन् १९०१ यता ११७ पटक भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा वृद्ध व्यक्ति अर्थर अश्किन हुनुहुन्छ । उहाँले ९६ वर्षको उमेरमा नोबेल पुरस्कार पाउनुभएको थियो । भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छा व्यक्ति लरेन्स ब्यार्ग हुनुहुन्छ । उहाँले २५ वर्षको उमेरमा यो पुरस्कार पाउनुभएको थियो ।
यसअघि नोबेल पुरस्कार कमिटिले सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई संयुक्त रूपमा प्रदान प्रदान गर्ने निर्णय गरेको थियो । उहाँहरूलाई ‘माइक्रोआरएनए’ को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार दिने निर्णय भएको हो ।
रशायनशास्त्रतर्फको बुधबार र साहित्यतर्फको पुरस्कार बिहीबार घोषणा हुँदैछ । शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फका पुरस्कार विजेताको नाम सार्वजनिक हुने तालिका छ । नोबेल पुरस्कारको राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ । विजेताहरूलाई आगामी डिसेम्बर १० मा भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच