सर्पदंशका बिरामीको लागि नेपालमा उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री पौडेल

हिमालय टाइम्स

फाइल तस्बिर

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताउनु भएको छ ।

बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्र्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाउनुभएको बताउनु भयो । उहाँले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताउनु भयो ।

भेटमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताउनु भयो । पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा सर्पले टोकेर नागरिकहरुलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न पनि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो । त्यसमा पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ ।’

स्वास्थ्यमन्त्री पौडेलले डब्ल्युएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरुलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्युएचओको सहयोगमा अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नेबारेमा छलफल भएको बताउनु भयो । डब्ल्युएचओका रिजनल डाइरेक्टरले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

नेपालमा महिलाहरुमा हुने सर्भाइकल क्यान्सर (स्क्रिनिङ) को बारेमा डब्ल्युएचओले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त भएको बताउनु भयो । नेपालमा डब्ल्युएचओको सहयोगमा सम्पन्न भएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन अरु थप लगानी गर्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…