काठमाडौं । दशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याँदै छ ।
काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा आज दर्शनार्थीहरुको भीड रहेको छ । नवरात्रको सातौँ दिन आज दशैँ घर र पूजा कोठामा नव दुर्गामध्येकी देवी कालरात्रीको विशेष पूजा अर्चना हुन्छ । आजको दिन कुनैपनि समयमा फूलपाती दशैँघरमा भित्र्याउन मिल्ने बताइएको छ । घटस्थापनाको दिन राखिएको जमरा घरमा आज फूलपाती भित्र्याइन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । धान, बेसार, हरिद्रा, अशोक, आँपको पात लगायत नौवटा वनस्पतिहरु मिलाएर फूलपाती भित्र्याइन्छ । पण्डित कृष्णप्रसाद बाँस्कोटा र लक्ष्मीप्रसाद ढुंगेल दशैँ पर्व देवीले आफूलाई रक्षा गरुन् भन्ने हेतुले मान्ने गरिएको बताउनु भयो । उहाँहरुले उखु, बेल, वर, पीपल, आँप पञ्चपल्लवहरुसहित फूलपाती भित्र्याइने र असुरी शक्तिमाथि सत्यको विजयका रुपमा दशैँ मनाउने गरिएको बताउनु भयो ।
काठमाडौंको वसन्तुपुरमा आज गोरखा दरबारबाबाट ल्याएको फूलपाती भित्र्याउने प्रचलन छ । साथै आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि फूलपाती हर्ष बढाईं गर्दछन् । आज बिहानैदेखि काठमाडौं उपत्यकाका शक्तिपीठदेखि देशभरका देवी मन्दिरमा भक्तजनहरुको भीड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच