काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
केहीबेरअघि मात्रै पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतको उपस्थिति रहेको छ ।
बैठकमा विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भुमिका, पार्टीको संगठन सुदृढिकरण, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक, राजनीतिक विषयमा छलफल भइरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच