काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो ।
केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
ती काम असोज २९ र ३० गते सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने प्रालिले जनाएको छ ।
मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको छ । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । द्वादशीको एक दिन भने केबलकार चलाइएको थियो ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच