काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज बुधबार मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गर्नुभएको छ । दशैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरुमा कर्मचारीहरु उपस्थित नभएको गुनासो आएपछि छड्के अनुगमन गरेको बताउनु भयो ।
उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना अर्थात जानकारी बिना गैह्रहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्री ज्युले आज अकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा गरी १३ जना गैरहाजिर भएका भेटिनु भएको छ । गैरहाजिर हुनुको कारण बुझनु पर्ने हुन्छ ।’
यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारीसमेत लिनुभएको थियो। उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउनसमेत कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच