बझाङ । बुंगल नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी कार्यालय स्थापना गरिएको छ । बुंगल नगरपालिका वडा नं ३ स्थित अस्थायी प्रहरी पोष्ट बिजगडामा कार्यालय रहने गरी अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
दुर्घटना न्यूनीकरण र ट्राफिक नियम विपरति सञ्चालन गरिने सवारी साधनलाई नियमन गराउनको लागि ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको स्थायी प्रहरी पोष्ट बिजगडाका प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टले जानकारी दिनुभयो । बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामीको पहलमा गृहमन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको पत्र अनुसार ट्राफिक व्यवस्थापनका लागि बिजगडामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको उहाँले बताउनुभयो ।
कार्यालयबाट सेवा प्रवाहका लागि पोष्टमा एकजना ट्राफिक सहायक हबलदार र एक जना जवान गरि दुईजना कर्मचारी खटाइएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन बिहीबार आज गरिएको हो ।
बुंगल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यतामा स्थानीय यातायात व्यवसायी, शिक्षक व्यापारीहरूको उपस्थितिमा संन्देमुलक कार्यक्रम गरी ट्राफिक प्रहरी कार्यालयको स्थापना गरिएको हो ।
बिजगडामा ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य थियो भन्दै सबैले सभ्य नागरिकको परिचय दिन ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । अधिकांश सवारी दुर्घटना साँघुरा सडकमा मादक पदार्थ सेवन गरेर तीब्र गतिमा चलाउनुले हुने भएकाले ट्राफिकको उपस्थितिले सो घटनामा कमी आउने विश्वास गरेको प्रहरी सहायक निरीक्षक भट्टले बताउनुभयो ।
बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले आफूले पहल गरी विजगडामा ट्राफिक प्रहरी खटाउन गृह मन्त्रालयमा माग गरेको र सोही बमोजिम बुंगल नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनु भएको छ । उहाँले ट्राफिक प्रहरी पोष्ट व्यवस्थापनले बुंगल बिजगडा बागथला सडक खण्ड र नगरपालिका भित्रका ग्रामीण सडकहरूमा आवतजावत गर्ने सवारिसाधन चेकजाँच गर्न बजारमा हुने अव्यवस्थित ट्राफिक गतिविधि व्यवस्थापन गर्न सहज हुने बताउनु भएको छ ।
नगरपालिकामा ट्राफिक प्रहरीको उपस्थितिले हेलमेट नलगाउने, तोकेको सङ्ख्याभन्दा बढी सवारी बोक्ने, तीब्र गतिमा सबारीसाधन चलाउने, मापसे गरेर सवारी साधन चलाउने लगायतका गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच