जुम्ला । जुम्लामा ओडारमा लुकाएर राखेकाे एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेकोे छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरेकाे हाे ।
असाेज २९ गते दिउँसाे गुठीचौर गाउँपालिका-४ बिगारे गाउँ नजिकै एकनाले भरुवा बन्दुक बरामद गरेकाे जुम्लाका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । साे वडाको सार्वजनिक जग्गा सिमखोली डाँडा तिलाकोट भिरमा रहेको ओडारमा हतियार लुकाई राखेकाे अवस्थामा फेला परेको हाे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी कामतीले भन्नुभयो ," गुठीचौर गाउँपालिकादेखि जुम्ला सदरमुकाम जाने कृषि कच्ची सडक खण्डदेखि अन्दाजी सय मिटर माथि उत्तरतर्फकाे ओडारमा लुकाई राखेकाे भन्ने विशेष सूचना अनुसार कार्यालयबाट खटिएकाे टाेलीले बन्दुक बरामद गरेकाे हाे ।"
उक्त भरुवा बन्दुक निलोमा रातो खैरो भएको पछ्यौरीले बेरी राखेको अवस्थामा रहेकाे थियो । भरुवा बन्दुक हतियार बेवारिसे अवस्थामा फेला पारी स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी टोलीले उक्त हतियार बरामद गरेकाे थियाे । थप अनुसन्धान भईरहेको जुम्लाका डिएसपी कामतीकाे भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच