
पाल्पा । सराय दसैंंका बेला टिलिक्क टल्कने खुकुरी, खुँडा, तरबार र अर्को हातमा ढाल वा रातो रुमाल र घाँटीमा जमरा वा मन्दिरको तोरण बाँधेर ‘वाख्खै, हो’ भन्दै बाजाको तालमा नाचिने नाच हो सराय । यो गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर ‘वाख्खै, हो’ भन्दै नाच खेलिने गरिन्छ ।
कोटघर, दुर्गा र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै दसैंलाई बिदाइ गर्ने गरिन्छ । यस वर्षको दसैंलाई पनि विहीबारदेखि सराय नाचेर विदाई गरिएको छ । विगतमा मौलिक संस्कृतिका रुपमा रहेको यो नाचको बेग्लै रौनक हुने गथ्र्यो । नाच हेर्न गाउँभरीका मानिसहरु डाँडा र कोटघरहरुमा पुुग्ने गर्थे । तर हिजो आज पाल्पा र गुल्मीमा भने यो नाच विस्तारै हराउँदै जान थालेको छ । पुुराना पुुस्ताहरु सकिदै जाने र भएकाहरु पनि असशक्त हुँदै जानुु र नयाँ पुुस्ताले त्यसतर्फ चासो नदिदा विस्तारै यो नाच हराउन जान थालेको हो ।
गुल्मीका अधिकांस ठाउँहरुमा सराय नाच देखाउने गरेको पाइन्छ । यहाँका मुसिकोटको बारुका, मालिका कोट, इस्माको ताल्तुुङ, रेसुुङ्गाको जैथुुम,अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, चोयगा जस्ता ठाउँहरुमा सराँच हुने गर्दछ । पाल्पाका मुुझुुङ्ग र अन्य ठाउँहरुमा पनि यो नाच देखाइन्छ तर पछिल्लो समय यी ठाउँहरुमा विस्तारै यो नाच हराउँदै जाने अवस्थामा पुुगेको छ । नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सराय नाच हेर्नेको भिड लाग्छ तर नाच्ने मान्छे हुँदैनन् । पहिले –पहिले सराय नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सरायको गोल पुग्दैन ।
अहिले सराय नाच संकटमा पर्दै जान थालेपछि गुल्मीको इस्मा गाउँपालिका–२ ताल्तुङका युवाहरु भने त्यसको संरक्षणमा जुुटेका छन् । बुधबार सराय नाच संस्कृति बचाउन र नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले ताल्तुङमा युवाहरुले नाच प्रर्दशन गरे । मन्दिरमा चढाइएको खुँडा र दसैंको बेलामा राखिएको जमराको माला र धोती पासासहितको एउटै पहिरनमा सराय नाच प्रर्दशन गरिएको थियो । सराय नाच प्रर्दशनमा युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
परापूर्वकालदेखि नाच्न थालिएको सरायले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घरमा आएका साथीहरू–आफन्तसँग भेट्ने अवसर पनि जुुराइदिने गर्दछ । गुल्मीमा खेलिने सराय नाच केही ठाउँमा नयाँ पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुग्न थालेको छ । गाउँमा नाच्नेभन्दा हेर्ने धेरै देखिने गरेका छन् । युवाहरुको राम्रै उपस्थिति र सहभागिता भए पनि नाच्न अगाडि सर्दैनन् । जसले गर्दा सराय नाच लोप हुने अवस्थामा पुुगेको इस्मा –२ रातडाँडाका अर्जुन मल्लले बताउनुभयो । उहाँले पुराना पुस्ता सकिंदै जाँदा पुराना कला संस्कृति पनि मेटिदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो । सराय नाच रेसुुङ्गा नगरपालिकाभित्र पर्ने जैथुुमको निकै लोकप्रिय मानिन्छ । तर, पछिल्लो समय यहाँ पनि खेल्ने भन्दा हेर्ने धेरै हुने गरेका छन् । रैनादेवी छहरा गाउँपालिका ५, मुझुङ्गको कटौजेपानीमा दसैं पूर्णिमाको अवसरमा सराय नाच हुने गर्दछ । यहाँ पनि हराउदै जान थालेको नाच संरक्षण गर्न कालिका युवा क्लवका युुवाहरु सक्रिय रुपमा लागेका छन् । यहाँका अन्य ठाउँहरुमा भने सराय हराउँदै जान थालेको छ । पछिल्लो समय युवा पुस्ताहरुमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधि भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच