काठमाडौं । विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा भएको छ । आज बसेको विपक्षी दलहरुको बैठकमा सरकारले सहकारी ठगी प्रकरणमा लामिछानलाई पक्राउ गर्न सक्ने चर्चा चलेको हो । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताउनु भयो ।
यसैबीच सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुग्नुभएको छ । लामिछानेसहित काठमाडौँ मा उपलब्ध रहेका केन्द्रीय नेताहरु पनि बनस्थली पुगेको एक नेताले जानकारी दिएका छन् ।
नेताहरुसँगै कार्यकर्ता पनि अहिले पार्टी कार्यालय पुग्नेक्रम शुरु भएको छ ।
विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि उनी थप सशंकित बनेको बताइएको छ ।
सहकारी प्रकरणमा असोज ६ मा लामिछानेकै पुर्व साझेदार छबिलाल जोशी पक्राउ परेपछि नै सरकारले लामिछानेलाई पक्राउ गर्ने हल्ला चलिरहेको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसले लामिछानेलाई तत्काल पक्राउ गर्न दबाब बनाइरहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई हतारमा पक्राउ गर्न नखोजे तर कांग्रेसको दबाब बढाइरहेको बताइएको छ ।
लामिछानेलाई पक्राउ गर्न राजनीतिक नेतृत्वकै अन्तिम निर्देशन आवश्यक रहेको भन्दै प्रहरीले पनि आफुलाई तयारी अवस्थामा राखेको बुझिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच