
हेटौँडा । नेपाल मुस्लिम संघ (चितवन र मकवानपुर) जिल्लाको संयुक्त रुपमा हेटौँडामा भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलामा चितवन र मकवानपुरका तीनसय बढी मुस्लिम समुदायका राजनीतिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली मुस्लिम संघका पूर्व अध्यक्ष अब्दुल सतारको प्रमुख आतित्थ्यता रहेको थियो । उहाँले प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेसको चार तारे झण्डा मुनि मुस्लिम समुदायले फुल्ने, फल्ने र झांगिने अवसर पाउँने बताउनुभयो ।
नेपालमा विगतदेखि नै कांग्रेस मात्रै एउटा समावेशी चरित्रको पार्टी भएकाले मुस्लिम समुदायले कांग्रेस मार्फत नै आफ्ना एजेन्डाहरुलाई स्थापित गर्न सक्ने उहाँको दावी थियो । केन्दीय सदस्य सतारले मुस्लिम समुदायका मानिसहरु पनि अबदेखि राजनीतिक रुपमा प्रशिक्षित हुनुपर्नेमा जोड दिनुभयो ।
मुस्लिम संघ मकवानपुरका अध्यक्ष खलिल मियाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. अताबुल मन्सुर, उपाध्यक्ष मोहम्मद सहबुद्धिन, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व पार्टी सभापति रघुरमण न्यौपाने, मकवानपुर कांग्रेसका प्रवक्ता अर्जुन चौलागाईँ, हेटौडा ८ नम्बर वडाका अध्यक्ष राम थापा लगाएतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच