काठमाडौं । मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा ७ बाट चारजना, वडा ६ बाट तीनजना, वडा १ बाट एक गरी आठजना र सप्तकोशी नगरपालिका १ बाट पाँचजनाको उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ ।
उद्धार हुनुभएका ११ जना पुरुष र दुईजना महिलालाई मानव सेवा आश्रम सर्लाही सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा मानवहरूको उद्धार सेवामा रहेको थियो । उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिद्वारा शुक्रबार बिहान संयुक्तरूपमा सचेतनामूलक ¥याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्रांगणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडक आश्रित मानवको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यसाथ यात्रा सुरु गरिएको जानकारी गराउँदैै सहयोगका लागि सरोकारवाला सबैलाई आग्रहसमेत गर्नुभयो । उहाँले यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
सो अवसरमा जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता एवं पूर्वमन्त्री महेशप्रसाद यादवले मानवीय सेवामा समर्पित अभियन्तालाई धन्यवाद दिँदै प्रदेश सरकारबाट हुने सहयोगका लागि पहल गर्ने तथा आफ्नोतर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मावन सेवा आश्रमले जनाएको छ । कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपा केन्द्रीय सदस्य रमिलादेवी साहलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच