काठमाडौं । निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसंग्रह ‘अर्धकदको अवसान’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस संग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैं हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मंसिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु-नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका ३६ वटा निबन्ध छन् ।
निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नुभएका ज्ञानेन्द्रका निबन्ध, नियात्रा, कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू प्रकाशित छन् । प्रस्तुत ‘अर्धकदको अवसान’ नामक निबन्धसंग्रह निबन्धकार विवशको पन्ध्रौं कृति हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर