जुम्लामा राहदानी लिनेको संख्या बढ्याे

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा राहदानी लिनेको संख्या पछिल्लो समयमा बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कुल ३ हजार ७५६ जनाले राहदानी लिएको प्रशासन कार्यालय जुम्लाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिनुभयो ।

राहदानी लिनेमध्यै धेरैजसो बैदेशीक रोजगारीका लागि जाने गरेकाछन् । बाँकी कर्मचारी, उच्च पदस्थ व्यक्तिहरुले बैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको प्रशासन कार्यालय जुम्लाका कम्युटर अपरेटर पुलामीको भनाइ छ ।

प्रशासन शाखाका अनुसार चालू आव. २०८१/०८२ को असोज मसान्तसम्म मात्रै ६३२ जनाले राहदानी लिइसकेकाछन् । तीमध्ये १५७ महिना र ४७५ पुरूष छन् । आव.२०८०/८१ मा ७८३ जनाले राहदानी बनाएका छन् । ती मध्ये १४२ जना महिला र ६४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरिएको छ ।

आव.२०७८/०७९ मा १ हजार ४११ जनाले राहदानी बनाएकामध्ये २४६ जना महिला र १ हजार १६५ जना पुरुष रहेकाछन् । आव.२०७९/०८० मा ६ सय जनाले राहदानी लिएकामध्ये महिलाको संख्या २४६ र पुरूषको संख्या ३५४ रहेकाछन् । आव.२०७७/०७८ मा ३३६ जनाले राहदानी लिएकामध्ये १ सय महिला र २३६ जना पुरूष रहेको प्रशासन कार्यालयको राहदानी शाखाले जनाएको छ ।

यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो । योभन्दा धेरै बढीले काठमाडौंबाट राहदानी बनाउने गरेकाछन् । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटका खरिदार नर बहादुर बुढाले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?