
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम शुरु गरेको बताउनुभएको छ ।
सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य शुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको शुरुवात गरेको मन्त्री यादवले बताउनुभएको हो ।
मंगलबार अपरान्ह सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्यमुख्य कार्यहरु सार्वजनिक गर्नेक्रममा उहाँले सो पानी वर्षातमा पनि वितरण हुनेगरी नयाँ हेडवक्स निर्माण कार्य शुरु गरिएको बताउनु भयो । मन्त्री यादवले आफूले गत वर्ष माघ मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दशैँ अगावै ल्याउने काममा सफलता हात पारेको दावी समेत गर्नुभयो । मन्त्री यादवले मन्त्रालयले सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मेलम्चीका जनतालाई विश्वास दिलाएर, त्यहाँका जनप्रतिनिधिलाई विश्वास दिलाएर हामीले मेलम्चीको पानी काठमाडौंमा ल्याएका छौं । त्यो पनि समय भित्र ल्याएका छौं । गत वर्ष माघ १ गते पानी आएको हो नि काठमाडौंमा । हामीले भनेका थियौं । मैले पार्लिमेन्टमा पनि बोलेको थिएँ–असोजमा पानी ल्याउँछुु भनेर । तर पत्याउने संख्या न्युन थियो । पानी ल्याउँछ कि ल्याउँदैन भन्ने विश्वास नै थिएन । हावा बोलेको हो कि पनि भन्थे । प्रतिक्रियाहरु त्यस्तै थियो । तर हामीले हावामा बोलेको थिएनौ । मैले प्रमाणित गरेर देखाए कि खानेपानी मन्त्रालय जे बोल्छ, त्यो गर्छ । मेलम्ची खानेपानी आयोजना सुचारु गरी काठमाडौंमा उपत्यकामा खानेपानीको सहज प्रवाह गर्नु मन्त्रालयको लागि चुनौति थियो । यस चुनौतिलाई सामना गरी यस वर्षको दशैंभन्दा अगावै २०८१ साल असोज २२ गतेदेखि आयोजना संचालन गरी काठमाडौं उपत्यकामा स्वच्छ पानी वितरण गर्न मन्त्रालय सफल भएको छ । यसबाट काठमाडौं उपत्यकाका करिव २० लाख जनसख्या स्वच्छ खानेपानीको सुविधाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । अर्कोतर्फ २०७८ सालको अप्रत्याशित विनाशकारी बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानीको मुहान रहेको अम्बाथानको हेडवक्स पूर्णरुपमा क्षति भएको हुनाले मनसुनको समयमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण बन्द गर्नुपर्ने तितो यथार्थ हामीसामु छ । यस परिप्रेक्ष्यमा विपदबाट सुरक्षित स्थानमा नयाँ हेडवक्स बनाई बाहै्र महिना पानी वितरण गर्नुपर्ने हाम्रो जिम्मेवारी रहेको छ । विभिन्न प्राविधिक अध्ययनले समेत साविकको हेडवक्स प्रयोगमा ल्याउन नसकिने देखाएको छ । यस कुरालाई मध्यनजर गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स निर्माण र सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणका लागि मेलम्ची खानेपानी विकास समितिबाट प्रारम्भिक कार्य शुरुवात भईसकेको छ । ’
मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भयो । उहाँले विपद्ले अवरुद्ध पारेका पानेपानी सुचारु गराउने काममा पनि आफू लागि परेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच