
ढाका । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ‘बंगभवन’ कब्जा गरेका छन् । यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी-डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो ।
राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बंग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरू सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बंग भवनबाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामाको नारा लगाउन थालेका छन् ।
‘राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ’, एकजना प्रदर्शनकारीले भनेका छन् । मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औं राष्ट्रपति हुनुहुन्छ । उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
भेदभावविरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आहृवान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
प्रदर्शनकारीहरूले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई-अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आहृवान गरेका छन् ।
सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकारविरोधी प्रदर्शनको रूप लिएको हो ।
बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बंगलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।
हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच