
काठमाडौं । लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले स्पार्ट प्राहलाई ५–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै स्पार्ट प्राहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औ स्थानमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच