काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई ठमेल प्लाजा होटल एण्ड स्विट्सअन्तर्गतका दुर्ईवटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ठमेलस्थित रमादा इन्कोरमा १५ र पोखराको लेकसाइडस्थित दलिया बुटिक होटलमा १० प्रतिशत छुट पाउनेछन् ।
ज्योति विकास बैंकका ग्राहकले यी दुई होटलमा खाना तथा रूम चार्जमा छुट पाउने बताइएको छ । ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले यसअघि पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको थियो भने चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टसँग पनि छुटसम्बन्धी सम्झौता गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच