ट्राफिक प्रहरीले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश : पूर्ण रिट

Read Time = 2 mins

सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रचलित कानुनअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अन्तर्गत ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार मात्र दिइएको छ, तर चालक अनुमति पत्र वा सवारी धनी प्रमाणपत्र नियन्त्रणमा लिने अधिकार भने छैन।

निवेदक विवेक चौधरीले दायर गरेको रिटमा ट्राफिक प्रहरीले कानुनको सीमाभन्दा बाहिर गएर यस्तो कार्य गरेको र यसले संविधानको धारा १६ अन्तर्गत प्रत्याभूत गरिएका सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लंघन गरेको तर्क गरिएको छ। साथै, धारा १७ अन्तर्गत प्रत्याभूत गरिएको स्वतन्त्रताको हकसमेत हनन भएको उल्लेख गरिएको छ।

रिट निवेदन २०८१-०७-०१ मा पेस भएको थियो, जसलाई सर्वोच्च अदालतको मा. न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले २०८१-०७-०८ मा कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न click गर्नुहोश !!!

 

---

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको… भोजपुरमा गाँजा खेतीविरुद्ध कडाइ : एक वर्षमा पाँच मुद्दा, १४ जना पक्राउ सर्लाहीमा करिब ४२० किलो गाँजा बरामद, दुई जना पक्राउ