सुरेशकुमार भट्टको नाम म विगत चार-पाँच वर्षदेखि बाक्लै सुन्दै आइरहेको छु । म हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छु । चार वर्ष पहिले यस दैनिकको सम्पादक भएर प्रा.पुरुषोत्तम दाहाल आउनुभयो । त्यसपछि लेखकहरूको प्रवाह पनि बढेर गयो र त्यही प्रवाहमा थपिन पुग्नुभएको हो लोककवि सुरेशकुमार भट्ट । लेख रचनाहरू हेर्ने जिम्मेवारीमा भएकाले लेखक साहित्यकारहरूका लेख-रचना सबैभन्दा पहिले मैले नै हेर्नुपर्छ । उहाँका पनि विविधविधाका लेख रचना आइरहन्थे । उहाँमा लेखनको गहिरो हुट्हुटी पाएँ मैले । साहित्यका सबैजसो विधामा कलम चलाउँदै आउनुभएको भए पनि विशेषगरी लोकसाहित्यको खोज सङ्कलन र प्रकाशनमा उहाँ बढी रमाउनुभएको जस्तो मैले पाएँ ।
सेवा निवृत्त भएपछिको समयमा उहाँ अमेरिका र नेपाल आउजाउ गरिरहनुभएको छ । नेपाल आएका समयमा संयोगबस् उहाँको र मेरो भेट हुने साहित जु¥यो । केही साहित्यिक कार्यक्रमहरूमा हामीले भेट्ने मौका पायौँ । स्वभावतः दुई-चारपटक भेट भएपछि हामीबीचको घनिष्टता बढ्दै गयो । गोरखाका भट्टको काठमाडौँको बसाइ भने तारकेश्वर नगरपालिका-५ छबेली गोलढुङ्गामा छ तर हामीले भने यही असोजको एक दिन बुढानीलकण्ठ नगरपालिकाको माथिलो भङ्गाल हाइटमा उहाँका कान्छा छोरा विप्लव भट्टको निवासमा साँझमा भेटघाट गरेर कुराकानी ग¥यौँ । उहाँकी श्रीमती कृष्णकुमारी पोखरेल र बुहारी तथा नातिहरू पनि घरमै हुनुहुन्थ्यो ।
नम्र स्वभावका सुरेशकुमार भट्ट उहाँको साहित्यिक नाम जस्तै सुकुमार तथा मृदुभाषीसमेत हुनुहुन्छ । उहाँले ‘सरस इति साहित्य हो’ भनेर आफ्नो छोटो उत्तर दिनुभयो । साहित्यमा रस हुनुपर्छ नवरसमध्ये कुनै एक वा एकभन्दा बढी रस समावेश भएर पाठकमा संवेग उत्पन्न गर्न सक्ने लेखन साहित्य हो भन्ने उहाँको विचार रहेको पाइयो ।
सुरेशकुमार भट्टले आफ्नो साहित्यिक नाम ‘भट्ट सुकुमार’ लेख्दै आउनुभएको छ । विसं २००८ साल असार ८ गते धनप्रसाद भट्ट र मधुमाया भट्टका दशजना सन्तानमध्येको सातौं तथा छोराहरूमा तेस्रो अर्थात् साहिँलो छोराका रूपमा उहाँको जन्म भएको हो । उहाँका दाजुहरू कोषविलाष, टङ्कप्रसाद तथा भाइहरूमा तुलसीप्रसाद तथा धनञ्जयमध्ये हाल सबैभन्दा कान्छा भाइ धनञ्जयको निधन भइसकेको छ । धनञ्जय भट्ट साहित्यकार हुनुहुन्थ्यो र साहित्यमा उहाँ ‘यत्न’ भनेर चिनिनुहुन्थ्यो । उहाँले केही खण्डकाव्य र ‘प्रभात’ महाकाव्यको रचनासमेत गर्नुभएको थियो । सुरेश भट्टका जसोदा वस्ती, इन्द्रकुमारी देवकोटा, धनकुमारी पाण्डे तथा सीता पनेरु चार दिदीहरू र एकजना बहिनी योगलक्ष्मी भट्ट हुनुभएकोमा हाल दिदी इन्द्रकुमारी र बहिनी योगलक्ष्मीको निधन भइसकेको छ ।
गोरखाको मसेल गाउँ-२ (हालको भीमसेन थापा गाउँपालिका-१) मा सुरेश भट्टको जन्म भएको हो । उहाँले ४० वर्षसम्मको लामो समय सामाजिक विषयको शिक्षकका रूपमा बिताउनुभयो । विसं २०२४ साल जेठ ५ गते १६ वर्षको किशोर उमेरमा उहाँको गोरखाकै ताङ्द्राङका त्रिलोचन पोखरेल तथा तुलसादेवी पोखरेलकी कान्छी छोरी कृष्णकुमारी पोखरेलसँग उहाँको विवाह भयो । कृष्णकुमारीका पाँचजना दिदी, तीनजना दाजु र एकजना भाइ हुनुहुन्छ । कान्छा भाइ वीरेन्द्रकुमार पोखरेल राजनीतिज्ञ हुनुहुन्छ । उहाँ पञ्चायत कालमा माननीयसमेत हुनुभएको थियो । जीवनको ६५ वर्षसम्म आफ्ना श्रीमान्लाई दुःखसुखमा साथ दिँदै आउनुभएकी कृष्णकुमारी कुशल गृहिणीका रूपमा रहनुभएको छ । भट्ट दम्पतीका तीन छोरा र एक छोरी हुनुहुन्छ ।
जेठा छोरा विनोद भट्ट कानुनका विद्यार्थी हुनुहुन्छ तर उहाँ हाल अमेरिकाको नर्थ क्यारोलाइनामा रेस्टुरेन्ट व्यवसायी हुनुहुन्छ । उहाँका दुईजना छोरीहरू छन् । माहिला छोरा विश्व भट्ट अमेरिकाको क्यालिफोर्नियामा स्वतन्त्र व्यवसायी तथा बालबालिकासम्बन्धी सेवामा संलग्न हुनुहुन्छ । उहाँका तीनजना छोरी र एकजना छोरा हुनुहुन्छ । कान्छा छोरा विप्लव नेपालमै रहेर रेस्टुराँ व्यवसाय सञ्चालन गर्दै आइरहनुभएको छ । यसका साथै लाइन्समा रहेर सामाजिक सेवा गर्दै आउनुभएका विप्लव पत्रकारिताको अध्ययनसमेत गर्दै आउनुभएको छ । उहाँ मानवअधिकारकर्मी पनि हुनुहुन्छ । छोरी पमिन भट्ट काफ्ले समाजशास्त्रको स्नातकोत्तर (मास्टर्स) हुनुहुन्छ र हाल बैंकको कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ । दोलखाका अर्थपत्रकार सरोज काफ्लेसँग विवाह भएकी पमिनका एक छोरी र एक छोरा हुनुहुन्छ ।
पौराणिक कालमा वेदव्यासले वेदको रचना गर्नुभयो । आजका दिनमा यसलाई जोगाउने काममा दमाई, कामी, गाइनेहरू अग्रपंक्तिमा छन् र त्यसलाई जोगाइराखेका छन् । ती आजका लोकवेदव्यास हुन् । तिनको अभियानमा आपूm पनि साथसहयोग गर्न लागिपरेको उहाँ बताउनुहुन्छ ।
सुरेश भट्टले सुरुमा घरमै परिवारसँगै बसेर प्रारम्भिक शिक्षा आर्जन गर्नुभयो । त्यसपछि गाउँकै ब्रिन्द्रावती प्राथमिक विद्यालयमा उहाँले अध्ययन गर्नुभयो । माध्यमिक तहको अध्ययनका लागि उहाँ काठमाडौँ आउनुभयो र लैनचौरको शान्तिविद्यागृहबाट माध्यमिक तहको पढाइ पूरा गर्नुभयोे । २०२४ मा एसएलसी । त्यसपछि उहाँले प्रमाणपत्र तह, स्नातक तह तथा स्नातकोत्तर तह मानविकीतर्फबाट प्राइभेटबाटै पूरा गर्नुभयो । यसबाट उहाँको अध्ययनको दायरा फराकिलो रहेछ भनेर थाहा पाउन सकिन्छ । शिक्षाशास्त्रतर्फ भने प्राइभेट दिने व्यवस्था नभएका कारण त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय क्याम्पसमा भर्ना भएर एक वर्षे बिएड गर्नुभयो । साहित्यकार भट्टले नेपालका ५० वटा जति जिल्लाको भ्रमण गर्नुभएको छ भने विश्वका नेपालबाहेक भारत, अमेरिका, जापान, क्यानडा, चीन, हङकङ, दुबई, कतार र टर्कीको भ्रमण गर्नुभएको छ । उहाँ नेपालीका साथै हिन्दी र अङ्ग्रेजी भाषामा समेत भाव संप्रेषण गर्न सक्षम हुनुहुन्छ ।
सुरेशकुमार भट्ट आपूm मध्यमवर्गीय सम्पन्न परिबारको व्यक्ति हुनुहुन्छ । गोरखा र काठमाडौँका विभिन्न विद्यालयमा ४० वर्ष अध्यापन गर्नुभयो । ६ वर्षसम्म स्रोत व्यक्तिका रूपमा उहाँले काम गर्नुभयो । अध्यापनका साथै उहाँले धेरै विद्यालय र क्याम्पसहरू स्थापना गर्न, तिनको सञ्चालनको प्रबन्ध मिलाउन तथा तिनको तह वृद्धि (अपग्रेड) गर्नमहत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । हालको सेवा निवृत्त जीवन पनि उहाँ सामाजिक तथा साहित्यिक कार्यमा संलग्न भएर बिताउँदै आइरहनुभएको छ । उहाँको प्रयासबाट सूर्यज्योति निमावि, तारा निमावि, ब्रिन्द्रावती निमाविको स्तर वृद्धि भएको हो ।
यसैगरी उहाँको पहलमा दुल्लव क्याम्पस, दुल्लव हाई स्कुल, नेपाली लेखक सङ्घ गोरखा, नेपाल शिक्षक सङ्घ गोरखा, नेपाल बाल अनाथ आश्रम, पञ्चकुमारी समाजसेवा परिवार, राइनो क्लब मनकामना, सूर्योदय युवा क्लव गोनपा-९, युवा क्लव गोनपा गोरखा, मनकामना प्रा.वि.मसेल, सूर्यज्योति प्रा.वि. ताकु, नेपाल विद्यार्थी संघ गोरखा २०२७ जस्ता सङ्घसंस्था तथा राजनीतिक संगठनहरूको संस्थापक भएर उहाँ सक्रिय रहनुभयो र केहीमा अझै पनि उहाँको सक्रियता हालसम्म पनि रहिरहेकै छ । उहाँले नेपाल मानव अधिकार संगठनमा सक्रिय रहेर पनि काम गर्नुभयो ।
साहित्यतर्फको उहाँको संलग्नता पनि लोभलाग्दो खालको छ । उहाँ सामाजिक विषयको शिक्षक भएर पनि साहित्यमा निरन्तर लागिरहनुभएको छ । उहाँको सक्रियता विभिन्न पत्रपत्रिकामा पनि देखिन्छ । उहाँ बन्दना-२०४८, दरौंदी-२०५६, साहित्य संगम-२०५८ तथा पूmलको डोली-२०५९ मा संलग्न रहनुभयो ।
उहाँले ‘बन्दी शिविरका आवाजहरू’-२०६३, ‘चिन्तन’-२०६३देखि २०७० सम्म, ‘गोरखा गौरव’-२०६६, ‘तत्व दर्शन’-२०६५, ‘गिरिजा बाबु’-२०६८ लगायतको सम्पादन गर्नुभयो । उहाँका ‘सोली डोली’ अन्त्यानुप्रासयुक्त हाइकु शैली लोकवेद, ‘साइनु’ लोककाव्य-२०७८, ‘काँचुली’-२०७८ उक्तकसङ्ग्रह खण्ड क, ख, ‘मलाई मन पर्छ’-२०७८ बाल गीति कवितासङ्ग्रह खण्ड क, ख, ‘तृतीय समर’-२०७८, कोरोना कहर कवितासङ्ग्रहहरू प्रकाशित छन् । उहाँ हाल सिर्जनामा अरू बढी सक्रिय भएर लाग्नुभएको छ । उहाँका केही कृतिहरू प्रकाशनको पर्खाइमा छन् । निष्कर्ष शैली कवितासङ्ग्रह, सामाजिक लेखसङ्ग्रह, साँवा, ब्याज र कोसेली (सामाजिक नाटक २०२७) तथा मञ्चित नाटक ‘अभिनन्दन’ निकट भविष्यमै प्रकाशनको क्रममा छन् । यी नाटकहरू उहाँले १९ वर्षको उमेरमा लेख्नुभएको हो । उहाँले केही नाटकहरूमा अभिनय पनि गर्नुभएको छ ।
भट्ट समाजसेवातर्फ पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटी, प्रजातान्त्रिक विचार समाज, ने.शि.सङ्घ विशिष्ट सदस्य, मानव अधिकार संगठन, हेड्स नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गोरखा सर्जक समाज, मञ्जुश्री साहित्य समाज, कल्पतरु शिवपुरी सन्देश जस्ता साहित्यक सामाजिक तथा राजनीतिक संस्थाहरूमा उहाँ आजीवन सदस्य रहनुभएको छ । उहाँ फित्कौलीको विशिष्ठ सदस्य हुनुहुन्छ । सक्रियताका कारण उहाँले शिक्षा दिवस पुस्कार-२०६१, नेपाल शिक्षक सङ्घबाट दीर्घसेवाको सम्मान प्राप्त गर्नुभएको छ । उहाँले २०८० सालमा हरि सांस्कृतिक केन्द्र गोरखाबाट २५४६ रुपैयाँसहितको पुरस्कार तथा सम्मान पाउनुभएको छ भने २०८१ मा कल्पतरुबाट प्रबासमा रहेर नेपाली भाषाको उन्नयनमा योगदान गरेबापत सम्मान प्राप्त गर्नुभएको छ । यसैगरी लोप हुँदै गएको नेपाली लोकवेदलगायतको खोज तथा संरक्षणमा योगदान पु¥याएबापत गोरखा सर्जक समाजले २०७८ सालमा उहाँलाई ‘लोककवि’को पदवि दिएको छ ।
समाजसेवा र साहित्यका साथै राजनीतिमा समेत उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रियता देखाउँदै आउनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको संस्थापक गोरखा जिल्ला सभापति बन्नुभएको थियो । २०२३ सालको काण्डमा उहाँ घाइते हुनुभएको थियो । २०२५ सालको एसएलसी काण्डको नेतृत्व उहाँले नै गर्नुभएको थियो । उहाँले यस्ता विभिन्न राजनीतिक तथा शैक्षिक अभियानको नेतृत्व सम्हाल्नुभयो । यसबाट उहाँको राजनीतिक सक्रियता पुष्टि हुन आउँछ ।
नम्र स्वभावका सुरेशकुमार भट्ट उहाँको साहित्यिक नामजस्तै सुकुमार तथा मृदुभाषीसमेत हुनुहुन्छ । भेटमा उहाँलाई मैले साहित्य के हो भनेर प्रश्न गरेँ । उहाँले ‘सरस इति साहित्य हो’ भनेर आफ्नो छोटो उत्तर दिनुभयो । साहित्यमा रस हुनुपर्छ नवरसमध्ये कुनै एक वा एकभन्दा बढी रस समावेश भएर पाठकमा संवेग उत्पन्न गर्नसक्ने लेखन साहित्य हो भन्ने उहाँको विचार रहेको पाइयो । उहाँ आपूm भने वेदमा आधारित भएर लेख्ने गर्नुहुन्छ । नेपाली साहित्यको जननी नेपाली लोकगाथा हो र यो वेदबाटै निःसृत तथा प्रभावित छ भन्ने उहाँको तर्क छ ।
यही मान्यतामा रहेर उहाँले एकैपटक पाँचवटा पुस्तक लेख्नुभयो । भट्ट अब पनि आफ्ना केही पुस्तकहरू लोकसाहित्यमै आधारित भएर आउँदैछन् भन्नुहुन्छ । गाथा, कर्खा, उखान, टुक्का, उक्ति, सूक्ति, कहावत, गीति, झ्याउरे र लोकबोली जसरी शास्त्रीय वेदमा ऋचा सूक्तिका रूपमा आउँछन्, गहिरिँदा झ्याउरे पनि भेटिन्छ । त्यसको आधार लोकवेद हो किनभने लोकले मानिसको सुरुवातदेखि नै भाषा विकसित ग¥यो र त्यसको मूल जरो वेद नै हो भन्ने उहाँको धारणा छ ।
पौराणिक कालमा वेदव्यासले वेदको रचना गर्नुभयो । आजका दिनमा यसलाई जोगाउने काममा दमाई, कामी, गाइनेहरू अग्रपंक्तिमा छन् र त्यसलाई जोगाइराखेका छन् । ती आजका लोकवेदव्यास हुन् । तिनको अभियानमा आफू पनि साथसहयोग गर्न लागिपरेको उहाँ बताउनुहुन्छ । लोक अभियन्ताहरूलाई उहाँका अब आउने ‘पिपिरी’ शीर्षकको पुस्तकमा पनि यस्तै लोककथा, उपकथा, महात्म्य, र उपाख्यान लोककाव्यहरू समेटिनेछान् । समयसन्दर्भ अनुसारका लोकवेद अन्तरनिहित भएका उहाँका कृतिहरू एक दर्जन जति हुनेछन् ।
उहाँ किन लेख्नुहुन्छ त ? उहाँ भन्नुहुन्छ ‘मेरो साहित्यको आत्मा लोकगाथा हो । त्यो क्रमशः हराउँदै गएको देखेँ । यस सँगसँगै भाषा र संस्कृति हराउँदै गएको देखेँ । त्यसलाई सङ्ग्रह गरिदिन पाए आफू मरेपछि पनि त्यो चिज जीवित रहन सक्थ्यो भनेर लेखेँ तर यो मात्र होइन अरू पनि लेख्छु, लोकलयका र लोकभाकाका गाउँले सिलोकहरू पनि सङ्कलन गरेर लेखेको छु ।’ लोकसाहित्य वास्तवमा लोकजीवनको आत्मा हो । त्यसकारण लोकसाहित्यका धनी देशहरूको पहिचान त्यसकै माध्यमबाट स्थापित बन्न पुगेको छन् । सबै देशले लोकसाहित्यको संकलन र संवद्र्धन गर्ने गरेका छन् । रुस, चीनजस्ता देशहरू लोकसाहित्यमा अग्रणी छन् । हाम्रो जस्तो सानो देशमा जात-जति, वर्ग, धर्म, सम्प्रदाय, क्षेत्रका आधारमा विविध प्रकारको लोकसाहित्य व्याप्त छ । मिथिला क्षेत्रको होस् वा कर्णाली क्षेत्रको होस् आफ्नै खालको लोकसाहित्य छ ।
पूर्वी पहाड तथा गण्डकी क्षेत्र पनि लोकसाहित्यमा धनी छन् । चाहे सुदूरपश्चिमको देउडा होस् वा पूर्वीपहाडका सँगिनी, घाँसेगोठाले गीतहरू हुन् ती त्यत्तिकै लोकप्रिय छन् । लोकसाहित्यमा लोककथा, लोकगीत, उखान, टुक्का, लोकोक्तिलगायत विधागत साहित्य छरिएर रहेका छन् । तिनको सङ्कलन र संवद्र्धन गर्नु आवश्यक छ । केही व्यक्तिहरू यस कार्यमा सक्रिय रहनुभएको छ, त्यसमध्येमा सुरेशकुमार भट्ट लागिरहनुभएको एक सशक्त व्यक्तित्व हुनुहुन्छ । वर्तमान साहित्यका बारेमा उहाँ टिप्पणी गर्नुहुन्छ, यस फाँटलाई जसरी हेर्यो त्यस्तै देखिन्छ । नेपालको साहित्यिक क्षेत्र जूनकिरी र गुहे कीराको सन्दर्भ जस्तै छ । जूनकिरी सबैतिर झलमल्ल छ भन्छ भने गुहे कीराले वरिपरि साँघुरो देख्छ । नेपाली साहित्यलाई फराकिलो गरी हेर्दा फराकिलो देखिन्छ भने साँघुरो दृष्टिकोणले हेर्ने हो भने साँघुरो नै छ ।
हाम्रो शिक्षा टायर जलाउने र नेताहरूको पिछलग्गु बन्ने अवस्थामा पुगेको छ । नेपालको शिक्षाको यस्तो हरिबिजोगको अवस्था छ, उहाँ भन्नुहुन्छ । उहाँ नेपालमा सीपमूलक शिक्षाको आवश्यकता छ र यसले रोजगारीका क्रममा विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्काउँछ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ।
नेपाली साहित्यका क्षेत्रमा वितरण हुँदै आएका पुरस्कार, मान, सम्मान, अभिनन्दन तथा प्रशंसापत्रहरूका विषयमा पनि उहाँ अरू समान असन्तोष व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नभनौँ भन्नुपर्छ भनौँ घच्चा लाग्छ तर कसैले चित्त नदुखाउँदा हुन्छ । साहित्यलगायत सामाजिक र राष्ट्रिय सम्मानजस्ता सम्मानका कुरालाई विनिमयमा लाने र शिक्षाको व्यापार र राजनीतिक पद झण्डै उस्तैउस्तै पाराले किनबेचमा जाँदा जाँदा हाम्रो नेपाली समाज रावण मार्काको विद्वतामा त चलेको छैन ? उहाँ प्रश्न गर्नुहुन्छ । भगवान रामचन्द्रभन्दा रावण विद्वान् भएका कारणले नै लक्ष्मण उनीसित अर्ती माग्न गएका हुन् ।
जे गर्नु छ गरिहाल्नुपर्छ भन्ने अर्ती रावणले लक्ष्मणलाई दिए । समयमा नगरेका कारण सुनमा सुगन्ध, मकैका धानचम्मरमा धान र स्वर्ग जाने सिँढी बनाउन रावणले पाएनन् । त्यति उच्चस्तरको विद्वानले अर्काकी स्त्री हरण गर्ने, भिक्षाटनका नाममा ऋषिहरूको रगत थाप्ने कुरा र आफ्नो विद्वताको ख्यालै नगरी खानपान, आहारविहारमा अनियन्त्रित हुनु उचित थिएन । वर्तमानका नेपाली विद्वान छाडा हुनु र राजनीति सुक्रीबिक्री हुनुलाई रावण मार्का नभनेर के भन्ने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।
भट्ट राजनीतिक आस्थाका आधारमा प्रजातान्त्रिक विचारधारा निकट हुनुहुन्छ । विद्यार्थीकालदेखि नेपाल विद्यार्थी सङ्घमा संलग्न भएर काम गर्नुभएका उहाँ नेपाली कांग्रेस पार्टीको विचारधाराबाट डोहोरिँदै आउनुभएको छ । भट्ट सांसदका लागि नेपाली काङ्ग्रेस गोरखाको पार्टी जिल्ला कमिटीबाट सिफारिश पनि हुनुभयो तर टिकट भने अरूले नै पाए उहाँले पाउनुभएन । उहाँ मानवअधिकारवादी व्यक्तित्वसमेत हुनुभएका कारण यस क्षेत्रमा सक्रियता जनाउँदै आउनुभएको छ । नागरिक समाजमा सक्रिय भएर पनि उहाँले काम गर्दै आउनुभएको छ । केही सन्दर्भ वा घटना यस्ता हुन्छन् जसलाई बिर्सनै सकिँदैन । यस्ता केही अविस्मरणीय घटना बारे सोधेको प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘म शिक्षा पुरस्कारका लागि सिफारिश भएको थिएँ तर आफ्नै पार्टीका साथीले केन्द्रमा आएर मेरो नाम कटाए । यस घटनालाई म कहिल्यै पनि बिर्सन सक्दिनँ । यस घटनाले मलाई धेरै दुःखी बनाइरहन्छ र सधैँ चस्काइरहन्छ ।
यसैगरी म शिक्षक छँदा पैसा नभएर एकजना मेधावी विद्यार्थीले पढाइ छोड्न लाग्दा आफैँले प्रस्ताव गरेर शिक्षक साथीहरू सबैको सहयोग लिई उक्त जेहन्दार विद्यार्थीलाई पढाउने काम गरेका थियौँ । मैले प्रस्ताव गरेपछि सबै साथीहरूले मेरो कुरा मान्नुभयो र सबै मिलेर उनलाई आर्थिक सहयोग गरेर पढायौँ । पछि उनलाई कुखुरा किनेर पाल्न लगायौँ र त्यसको आम्दानीबाट उनले उच्च शिक्षा अध्ययन गरे । पछि उनी सबओभरसियर भएछन् । उनलाई एकदिन मैले बाटामा भेटेँ । उनी मेरा खुट्टा समातेर रोए । हजुरहरूको सदासयता नपाएको भए म अहिले यस अवस्थामा आइपुग्नै सक्ने थिइनँ भने । यो घटना सम्झिँदा गौरवको अनुभूति हुन्छ ।’
जीवनको ७४ वर्षको यात्रा पार गर्दै गर्नुभएका भट्टसँग यस्ता अनेकौं अनुभूति छन् तर प्रतिनिधिमूलक अविस्मरणीय घटनालाई उहाँले प्रस्तुत गर्नुभएको हो । भट्ट अनुभव र मिहिनेतले खारिएको व्यक्तित्व हुनुहुन्छ । उहाँसँग नयाँ पुस्तालाई दिने सल्लाह र सुझाकका अनेकौं फेहरिस्तहरू पनि छन् । उहाँ यसलाई पृथक गर्दै शिक्षा र साहित्यका नयाँ पिँढीलाई फरकफरक खालका सुझाव दिन चाहनुहन्छ । उहाँ शिक्षाविना साहित्य सिर्जना हँुदैन भन्नुहुन्छ । हाल ‘बाह्र पास विदेश बास’को अवस्था छ । यसो हुँदा अब यो मुलुक गाउँमा बुढाबुढी शहरमा युवायुवती हुने स्थिति पैदा भएकोमा हाल आएर त अझै शहरमा बुढाबुढी विदेशका युवायुवती हुँदै गएका छन् ।
यस्तो अवस्था देख्दा मुलुकमा उन्नतिका लागि उपयोग हुने ब्रेन विदेशिँदा पूरै मुलुक वृद्धाश्रम बन्ने अवस्थामा जाँदैछ । म हिजो पनि अध्यापक र आज पनि अध्यापकको नाताले भन्नुपर्दा उर्बर उमेरका युवायुवती विदेशिँदा जनसङ्ख्या अझै घटेको छ । परिवार नियोजन गर्नै परेको छैन । त्यसको असर विद्यालयहरूमा पनि देखापर्यो र कतिपय विद्यालयहरू मर्च गर्नुपर्यो । राष्ट्रिय सम्पत्ति कामविहीन बन्नपुगे । अहिले कलेज स्तरमा हेर्दा ५०० देखि ७०० जना विद्यार्थी हुने कलेजहरूमा १५० देखि २०० विद्यार्थीमात्र हुने अवस्था आयो । यस्तो अवस्थामा कतिपय कलेजहरूमा त प्राध्यापकमात्र छन् पढ्ने विद्यार्थीहरू छैनन् । यसरी हेर्दा हाम्रो शिक्षा टायर जलाउने र नेताहरूको पिछलग्गु बन्ने अवस्थामा पुगेको छ । नेपालको शिक्षाको हरिबिजोगको अवस्था छ, उहाँ भन्नुहुन्छ । उहाँ नेपालमा सीपमूलक शिक्षाको आवश्यकता छ र यसले रोजगारीका क्रममा विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्काउँछ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ।
‘आफैँमा रडाको मच्चाएर भाषाविज्ञ र साहित्यकारहरूले नेपाली साहित्यलाई पनि बासी खिचडीको स्वादमा लाँदैछन् । मुलुकको यस्तो दुर्गतिलाई सुधारउन्मुख गर्न मुलुकमै रोजगारमूलक प्राविधिक शिक्षा र सीमाको विकास गर्ने, राज्यले सेवा, सहयोग र सुरक्षा दिने र मुलुकलाई राजनीति गर्नेले राजनीति गर्दा व्यक्तिका लागि नगरी व्यक्ति र समाजका लागि राजनीति गर्ने दिशामा गए भने चाहिँ केही हुने झिनो सम्भावना देखिन्छ’ उहाँ भन्नुहुन्छ । उहाँको यस्तो सुझाबलाई सबैले आत्मसात गर्न सक्ने हो भने राष्ट्रको बिग्रँदो अवस्थामा सुधार हुनसक्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ । सबैका लागि हितकर हुनसक्ने यस्तो कुरामा विश्वास गर्न सकिन्छ । लोकसाहित्यका अथक यात्री सुरेशकुमार भट्टको सुस्वाथ्य, सफलता, उत्तरोत्तर प्रगतिका साथै दीर्घजीवनको कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच