हरेक यात्रालाई आफ्नो निजात्मक अनुभूतिसँगसँगै भोगाइ र देखाइका अनुभवहरूलाई मीठा मीठा शब्दका मालामा उनेर नियात्रा लेख्छन् नियात्राकार प्रदीप सापकोटा । यिनै नियात्राकारको दोस्रो नियात्रासङ्ग्रह ‘यात्राको लय’ हालसालै प्रकाशित भएको छ । यो सङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । उनको यसअघि ‘यात्राका इन्द्रेणी रङ’ नियात्रासङ्ग्रह प्रकाशित छ । ‘यात्राको लय’ भित्र विशेषगरी देशभित्र र देशबाहिर दार्जीलिङको यात्रामा सँगालेका विविध अनुभव र अनुभूतिहरू समेटिएका १७ वटा रोचक नियात्राहरू समेटिका छन् ।
पेशागत जिम्मेवारी निर्वाहका क्रममा यात्रा गर्दाका केही तीता र केही मिठा पलहरूलाई शब्दका मालामा उनेर नियात्रा लेखेका छन् सापकोटाले । यात्राको पनि लय हुन्छ । अनि यात्राको लयमा जीवनको लय पनि हुन्छ । यस्तै भाव प्रकट भएका छन् उनका नियात्राहरूमा । नियात्राहरूमा तत्कालीन सशस्त्र द्वन्द्वले दिएका घाउ र पीडा छन् । अनि त्यही द्वन्द्वको निहुँमा सर्वसाधारण नागरिकले भोग्नुपरेको विद्रोही पक्ष र राज्यपक्षले दिएको पीडा, भय र सन्त्रासका अभिव्यक्तिहरू पनि छन् । नियात्रा पठनका क्रममा कुनै–कुनै नियात्रामा कथा पठनको आभास पनि हुनेछ ।
नियात्रामा यात्राको वर्णन गर्नुभन्दा यात्राको क्रममा सँगालेका अनुभव र अनुभूतिजन्य भावना र संवेदनालाई पाठकसम्म पुर्याउने ध्येय नियात्राकारले राखेको हो कि भन्ने लाग्छ । तथापि ‘पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन’, ‘मकरमेला प्रचार : कुशेश्वर हुँदै गाईघाट’, ‘वराहक्षेत्र-चतराधाम यात्रा’ आदि नियात्रामा यात्रावर्णन अलि बढी भएजस्तो लाग्छ ।
नियात्राकार प्रदीप सापकोटाको मनमा यात्राको रहर जहिल्यै तीब्र रूपमा उर्लिरहन्छ । त्यसैले उनी समय र अवसर जुर्नासाथ यात्राको तारतम्य मिलाइहाल्छन् र यात्रामा आफ्ना पाइला अघि बढाइहाल्छन् । यात्रामा निस्किँदा कहिले सुखद पलसँग साक्षात्कार गरेका छन् त कहिले अप्ठेरो समयको । यात्रामा कतै एक्लै भयभीत हुँदै हिँडेका छन् त कतै घरभित्र वास नपाएर पिँढीमा सुतेर आकाशको तारा गनेका छन् । यसरी यात्रा गर्दा उनले देश बुझ्ने अवसर पाएका छन् । आम भुइँमान्छेका दर्दनाक पीडासँग साक्षात्कार गर्ने अवसर पाएका छन् । गर्मी अथवा जाडोमा तिनै भुइँमान्छेसँग बसेर आँटो र गिठ्ठा भ्याकुर तथा भाँगोको स्वाद पनि चाखेका छन् ।
यात्राको रहरले उनी अहिले पनि घुमिरहेका छन् । घुम्दाघुम्दै कहिले टनकपुरमा पुगेर मन दुखाउँछन् त कहिले जिप चढेर मुटु काम्ने घोडाबाँधे पुगेर रोमाञ्चित हुन्छन् । कहिले डाँडाकटेरीमा कुहिरो चुम्न पुग्छन् त कहिले जुकाले टोकेर रगताम्मे हुँदै गाजाको लेक (बागलुङ) चढ्न पुग्छन् । कहिले नेपालीभाषी धेरै भएको नेपाली संस्कार र भाषा साहित्यको त्रिवेणीस्थल दार्जीलिङतिर बरालिन पुग्छन् । यसरी यात्रा गर्दाका सुखद र दुःखद् पलहरूलाई उनले आफ्ना नियात्रामा लिपिबद्ध गरेका छन् । यात्रामा निस्किने क्रममा झण्डै दुई दशकअघि टनकपुरसम्म पुगेर त्यहाँ नेपाल र नेपालीमाथि भइरहेको ज्यादतीको साक्षात्कार गर्दै मन दुखाएका छन् । अनि यात्राको लहरीमा लहरिँदै मकवानपुरगढी पुगेर पुर्खाले जोगाएको वीरतापूर्ण माटोको सुगन्ध र वीर नेपाली आमाका सपुतहरूको गौरवशाली पदचाप महसुस गरेर आनन्द प्राप्त गर्न पुगेका छन् ।
यात्राका विभिन्न परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम एवं सुखद पलहरूको मिठासपूर्ण वर्णनले नियात्रालाई सुरुचिपूर्ण र पठनीय बनाएको छ । यद्यपि दुई दशकअघिको भोगाइ र अनुभूति अहिले पाठकमाझ साझा गर्दा अलि असान्दर्भिक पो भयो कि अथवा अलि ढिलो पो भयो कि भन्ने लाग्छ । यद्यपि तत्कालीन द्वन्द्वकालीन समाजमा नियात्राकारले साक्षात्कार गरेका विषम परिस्थितिका बारेमा अत्यन्तै भावनात्मक र संवेगात्मक शैलीमा लेखिएका नियात्राले सशस्त्र द्वन्द्वको त्रासदी नभोगेका वा नदेखेका नवपुस्तालाई त्यो त्रासदीको मसहुस गराउने छन् र संवेदित तुल्याउने छन् ।
नियात्राका पाठकले स्वाभाविक रूपमा नियात्राकारको निजी अनुभव र अनुभूति सँगसँगै स्थानीय भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, एतिहासिक आदि विषयमा नयाँ-नयाँ जानकारीको अपेक्षा गरेका हुन्छन् । प्रदीप सापकोटाका नियात्रामा यी विषयमा थोरबहुत जानकारी अवश्य छन् । तर, जानकारीभन्दा उनको निजी अनुभव र अनुभूतिको सघनता बढी छ र त्यो अनुभव र अनुभूतिमा भावनात्मक र संवेदनात्मक पक्ष बढी सघन रूपमा आएका छन् ।
द्वन्द्वको आगो बलेको समय । यस्तो समयमा यात्रा गर्दा अकल्पनीय परिस्थितिको पनि सामना गर्नुपर्छ । नियात्राकारले यस्तै परिस्थितिको सामना गरेका छन् । यात्राको प्रारम्भमै नेपाली सेनाको दुव्र्यवहार भोगेका छन् । विनाकारण खुकुरी प्रहारबाट बालबाल बचेका छन् । मनमा भय बोकेर हिँड्नुपरेको छ ।
नियात्रामा यात्राको वर्णन गर्नुभन्दा यात्राको क्रममा सँगालेका अनुभव र अनुभूतिजन्य भावना र संवेदनालाई पाठकसम्म पु¥याउने ध्येय नियात्राकारले राखेको हो कि भन्ने लाग्छ । तथापि ‘पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन’, ‘मकरमेला प्रचार : कुशेश्वर हुँदै गाईघाट’, ‘वराहक्षेत्र–चतराधाम यात्रा’ आदि नियात्रामा यात्रावर्णन अलि बढी भएजस्तो लाग्छ । यद्यपि नियात्रामा भावना र संवेदना पक्षको सघनता नियात्राकार प्रदीप सापकोटाको निजी विशेषता हो जस्तो लाग्छ । बागलुङको गल्कोटस्थित शीतलपाटीमा नारायण भण्डारी नामका युवकले विनाकारण नियात्राकारमाथि खुकुरी प्रहार गरेको घटना वर्णन (‘ज्योतिषवाणीसँगै झेल्नुपरेको सङ्कट’) ले पाठकलाई स्तब्ध बनाउनेछ ।
नेपालको तराईका धेरैजसो गरिब बस्तीका मान्छेसँग नागरिकतासम्म पनि छैन । किन नबनाएको त नागरिकता भनेर सोध्दा भन्छन्, ‘कसलाई फुर्सद बनाउन । दिन माया मारेर जानुपर्छ । ज्यालामजदूरी गर्न पाइएन भने के खानु ।’ (‘आँखाको दूरबिनबाट मधेस नियाल्दा’, पृष्ठ ७३) । मान्छेलाई नागरिकता बोकेर लामो आयु बाँच्नुभन्दा एक छाक खानुको चिन्ता बढी छ । यस्तो यथार्थसँग साक्षात्कार गर्दा नियात्राकार भावुक बनेका छन्, संवेदिन बनेका छन् । उनको मन अमिलो बनेको छ ।
नियात्रा पढ्दै जाँदा पठनको आनन्दले मन प्रफुल्ल हुन्छ । पठनको आनन्द मात्रै होइन, नियात्राकार प्रदीप सापकोटाका नियात्रामा गतिला सन्देश पनि छन् । दार्जीलिङ घुम्दै गर्दा गाडी चालकले भनेको साधारण कुराले असाधारण सन्देश दिएको छ । दार्जीलिङका बारेमा चालक भन्छन्, ‘हामीले यहाँबाट सिक्ने भनेको चाहिँ इच्छाशक्ति भयो भने पहाडमा पनि डल्लै विकास गर्न सकिन्छ भन्ने हो ।’ (नक्सालबाडी हुँदै टाइगरहिलमा बरालिँदा’, पृष्ठ १२१) हाम्रा नेताहरूमा इच्छाशक्ति नहुँदा हाम्रा पहाडहरू विकट बनेर पीडामा रोइरहेका छन् ।
साहित्यप्रति प्रेम हुनेले साहित्यलाई माया गर्छन् भने साहित्यकारलाई श्रद्धा र सम्मान पनि गर्छन् । अनि कुनै साहित्यकारको छेउ पुग्दा गर्व महसुस गर्छन् । यसैगरी नियात्राकार प्रदीप सापकोटाले पनि स्रष्टाहरूले कैयन पटक ओहोरदोहोर गरेको दार्जीलिङका सडकमा आफ्ना पाइलाहरू बिछ्याउन पाउँदा गर्व महसुस गरेका छन् (‘दार्जीलिङ हुँदै मिरिकसम्म’, पृष्ठ १२८) । यो स्रष्टाप्रतिको श्रद्धा र सम्मान पनि हो ।
द्वन्द्वको आगो बलेको समय । यस्तो समयमा यात्रा गर्दा अकल्पनीय परिस्थितिको पनि सामना गर्नुपर्छ । नियात्राकारले यस्तै परिस्थितिको सामना गरेका छन् । यात्राको प्रारम्भमै नेपाली सेनाको दुव्र्यवहार भोगेका छन् (‘सकसपूर्ण यात्राको सुखद् उत्कर्ष’) ।
विनाकारण खुकुरी प्रहारबाट बालबाल बचेका छन् (‘ज्योतिषवाणीसँगै झेल्नुपरेको सङ्कट’) । मनमा भय बोकेर हिँड्नुपरेको छ । ‘जताततै भय र सन्त्रासले आसन जमाएको छ । हाम्रो वर्तमान कति विवश छ हगि । कोलाहल देख्नु र हुङ्कारमात्र सुन्नुपर्ने । आतङ्कको निर्दयी प्रहारको बीचमा रम्नुपर्ने । थाहा छैन कहिले र कहाँ गएर अस्तित्व सकिन्छ हाम्रो ।’ (‘त्यो सहभोज’, पृष्ठ ५८) यस्तो भय र निराशा बोकेर बाँच्नुपर्ने स्थितिमा गरिएको यात्राको भोगाइलाई पाठकसम्म पुर्याएर पाठकलाई सुसूचित गर्ने नियात्राकारको प्रयास प्रशंसनीय छ, सराहनीय छ ।
यो नियात्रासङ्ग्रहका नियात्राहरूमा नियात्राकार यात्राकै लागि हिँडेका छैनन् । आफ्नो कार्यालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा विभिन्न जिल्ला पुगेका छन् । विशेषगरी बागलुङ जिल्ला नियात्राकारको यात्राको केन्द्रबिन्दु जस्तै बनेको छ । साँच्चै भन्ने हो भने नियात्राकार प्रदीप सापकोटाको यात्रा ‘पशुपतिको यात्रा सिध्राको व्यापार’ जस्तै भएको छ । यात्राको सिलसिलामा काम होइन, बरू कामको सिलसिलामा यात्रा भएको छ । यात्रा अविस्मरणीय बनेका छन् । यिनै अविस्मरणीय यात्राका भोगाइहरूमा द्वन्द्वकालीन समाजको पीडानुभूति छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच