काठमाडौं सहरभन्दा बाहिरको एउटा भव्य सपिंग मलमा पहिलो पटक प्रवेश गरेको थियो नवीन । मध्यान्नको समय, ग्राहकको उपस्थिति न्यून भएको कारणले होला सेल्स काउन्टरमा स्टाफको उपस्थिति पनि न्यून थियो । नवीनलाई देखेकी पल्लोछेउको काउन्टरकी युवतीले नजिकै उभिएकी अर्की युवतीलाई कोट्याउँदै ग्रहकतर्फ इंगित गरी ।
परबाट आफू उभिएतिर आउँदै गरेकी युवतीको हिँडाइको परिचित चाल देख्दा मनमा बिजुली चम्किएजस्तो भयो नवीनलाई । उसको दृष्टि एकाएक युवतीमा स्थिर हुनपुग्यो । उच्च वक्ष्यस्थल, पुष्ट नितम्ब, निलो जिन्स-पेन्टमाथि गुलाबी टि-सर्टको पहिरन । कम्मरको लच्काई र हिँडाईको मस्त चाल कुनै पनि पुरुषलाई आकर्षित गर्न पर्याप्त थिए ।
नजिकै आईपुगेकी युवतीको चिरपरिचित अनुहार देख्दा आश्चार्यचकित भएको नवीनलाई भ्रान्ति भएजस्तो लाग्न थाल्यो । उसले आफ्ना दुवै आँखा मिचेर हेर्यो । तर, त्यो भ्रान्ति नभएर यथार्थ थियो । नवीनका विचाररूपी अनियन्त्रित घोडा मनको आँगनमा दौडिँदै एकाएक आधा दशकपछाडि पुगे ।
पोर्टिकोमा गाडी रोकेर लक गर्दै गरेको नवीनले दृष्टि घुमाएर चारैतिर हेर्यो । ठूलो कम्पाउण्ड, रहरलाग्दो बगैंचा, बगैंचाको बीचमा इरानी कार्पेट ओछ्याएको भान हुनेगरी बनेको बाक्लो चिनियाँ दुबोले छोपिएको चिटिक्क परेको लन । लनभन्दा केही परतिर बनेको सुन्दर कटेज ।
यतिका वर्षपछि अनायास सुप्रियालाई देख्दा नवीनलाई आफूभित्र विगतका अनगिन्ती कुरा उम्लिएर उफ्रिँदै गरेजस्तो हुँदै थियो । त्यस्तैमा उसको मनमा खुल्दुली मच्चियो-‘साधन सम्पन्न सुप्रिया कसरी एउटी सेल्स-गर्ल हुन सक्छे ?’ उसले विश्वास गर्न सकेन ।
हाँस्दै छेउमा आएर उभिएकी युवतीले भनी-‘के ट्वाँ ..परेर हेरिराखेको नि ! चिनेनौ कि कसो ?’
क्षणभरका लागि जड्बत बनेको नवीनले आफ्नो अन्तरद्वन्द्व लुकाउँदै तन्द्रा भंग भए जसरी सोध्यो-‘म यो के देख्दैछु सुप्रिया ? तिमी यहाँको सेल्स-गर्ल ?’
बिस्तारै भनी-‘तिमीले चिन्यौ होइन ?’
‘किन, चिन्दछ जस्तो लागेको थिएन ?’
‘आधा दशकपछिको भेट, अरूलाई त गाह्रै पथ्यो होला, तिमीलाई होइन ।’
क्षणभर अवाक भएको नवीनले दैनिक उपभोगका केही आवश्यक सामान ट्रलीमा राख्दै सोध्यो–‘कहिलेदेखि छ्यौ यहाँ ?’
‘तीन वर्ष भयो ।’
‘प्रवीण खत्री कहाँ छ ?’
‘मलाई के थाहा ?’ यसो भन्दै गर्दा उसको अनुहार केही मलिन भयो ।
काउन्टरमा पुगेर नवीनले सामान प्याक गर्न लगायो । सामान प्याक गरेर बिल बनाउँदै गर्दा सुप्रियाले सोधी, ‘तिमी साँच्चिकै किनमेल गर्न आएका हौ कि मलाई भेट्ने निहुँमात्र पारेको ?’
यतिका वर्षपछि तिमीसँग यहाँ भेट होला भन्ने कुरा के मैले सपनामा देखें हुँला र ? यो भेट समयले जुराएको एउटा संयोग मात्र हो सुप्रिया ।
बिल तिर्दै गरेको नवीनले सुप्रियाको अनुहारमा हेर्दै भन्यो-‘प्रवीण खत्रीकोबारेमा मैले सोधेको प्रश्नलाई त तिमीले हावामा नै टाँगी दियौ त ! के उसकोबारेमा केही भन्न मिल्दैन ? अनि, तिमी यो सपिंग मलमा कसरी सेल्स-गर्ल बन्न पुग्यौ ?’
छेउछाउमा कोही छ कि भन्दै चारैतिर हेरेकी सुप्रियाले बिस्तारै भनी-‘तीन वर्ष भयो, प्रवीण जेलमा छ । भरे बेलुका भेट्न आउने हो ? सबै कुरा सुनाउनेछु ।’
‘ठेगाना दिन्छ्यौ र ?’
‘निमन्त्रणा दिएपछि ठेगाना दिनु परेन त ?’ भन्दै हाँसेकी उसले बिलको पछाडिपट्टि आफ्नो ठेगाना र मोबाइल नम्बर लेखेर बेलुकी छ बजेको समय दिई ।
अन्यमनस्क भावमा सपिंग कम्प्लेक्सबाट बाहिर निस्कियो नवीन ।
साँझको ठीक छ बजे नवीनको सेलफोनमा घण्टी बज्यो । फोन कल सुप्रियाको थियो । जाउँकी नजाउँ भन्ने दोधारमा रहेको नवीनको मनमा सुप्रियालाई भेट्ने इच्छा एकाएक यति प्रबल भयो कि मुखबाट अनायास नै निस्कियो, ‘पन्द्र–बिस मिनेटमा आइपुग्छु ।’
निर्धारित ठेगानामा पुग्दा, अग्लो जिउडाल, गोरो रंग, हरियो सारी र म्याचिंग ब्लाउजमा सजिएकी सुप्रिया कम्पाउण्डको गेट खोलेर उभिएकी थिई । पोर्टिकोमा गाडी रोकेर लक गर्दै गरेको नवीनले दृष्टि घुमाएर चारैतिर हेर्यो । ठूलो कम्पाउण्ड, रहरलाग्दो बगैंचा, बगैंचाको बीचमा इरानी कार्पेट ओछ्याएको भान हुनेगरी बनेको बाक्लो चिनिया दुबोले छोपिएको चिटिक्क परेको लन । लनभन्दा केही परतिर बनेको सुन्दर कटेज ।
गेट बन्द गरेर सारी मिलाउँदै गरेकी सुप्रियाले भनी, ‘मलाई त तिमी आउँछौ जस्तो लागेको थिएन ।’
नवीनले मुस्कुराउँदै भन्यो-‘बोलाएको ठाउँमा नजाने घिस्टता गर्ने मेरो बानी छैन ।’
दुवैजना लनको हरियो दुबोमा गएर एक अर्काको नजिकै बसे । त्यस्तैमा नवीनको ध्यान सुप्रियाको पिठ्युँमा हिँड्दै गरेको झुसिल्किरामाथि पर्न गयो । उसले क्यारमको स्ट्राइकर हाने जसरी चोरी औंलाले हिर्काएर फाल्दियो । सुप्रिया केही बोलिन । नवीनले उसको हात आफ्नो हातमा लिएर शशंक दृष्टीले चारैतिर हेर्यो । कतै कोही देखिएन । उसले सुप्रियाको हात निकै बेरसम्म सुमसुम्याइरहृयो । चिउँडो उठाएर ओठमा ओठ टाँस्सिनै लागेको बेला, एकाएक सचेत भएकी सुप्रियाले मन्द-मन्द मुस्कुराउँदै भनी-‘आउभित्र जाउँ ।’
लिभिंग रूममा पसेर नवीनलाई सोफामा बस्ने इशारा गर्दै उसको छेउमा गएर बसी । एउटा लिभिंग रुम, तिनोटा बेड रुम, किचेन र डाइनिंग भएको भव्य थियो कटेज । त्यस्तैमा भान्साबाट ‘दिदी खाना के-के बनाउने’ भन्ने स्त्री स्वर सुनियो । परिचारिका थिई सायद !
एकाएक वाचाल भएकी सुप्रियाले सोधी- ‘खाना खाएर त जान्छौ होला ?’
‘साँझमा बोलाउनुको तात्पर्य पनि त्यही त होला ?’ नवीनले मुस्कुराउने प्रयास गर्यो । ‘जाने हतार त छैन नि ? तिमी पत्रिका हेर्दै गर म एक क्षणमा आउंछु’ भन्दै भान्सातर्फ लागी ।
परिचारिकालाई के के पाकाउने भन्ने कुरा अह्राएर पुनः सोफामा गएर बसेकी सुप्रिया हाँसो–ठट्टाको मुडमा देखिन्थी । सोधी– ‘विवाह ग¥यौ ?’
‘विवाह गर्नै पर्छ भन्ने छ र ?’
हाँस्दै भनी ‘उसो भए कसैसँग लिभ-इनमा छौ होला ?’
‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ भन्ने सुनेकी छैनौ ?’
‘मानिसको बदलिँदो सोच र ब्यबहार कहाँबाट कहाँ पुगिसक्यो ! तिमी भने उही पुरानु उखान-टुक्का समातेर बसेका छौ । बदलियौ होला भन्ने सोचेकी थिएँ, उस्तै रहेछौ’ भन्दै मुस्कुराई ।
‘ड्रिंक लिन्छौ ?’
‘एक-दुई पेग लिउं, गफ गर्न केही सहज होला ।’
‘तिमीलाई डर लाग्यो की क्या हो ? मसँग गफ गर्ने हिम्मत जुटाउन पनि पिउनुपर्ने भयो अब ?’ भन्दै हाँसी सुप्रिया ।
सुप्रियाले फ्रेस फ्रुट र ड्राई फ्रुटका दुईटा प्लेट टेबलमा राख्दै इम्पोरटेड व्हिस्कीको दुई पेग बनाएर एक पेग नवीनलाई दिई । आफ्नो पेग टेबलमा राख्दै चुरोट सल्काएर लामो सर्को तान्दै भनी-‘तिमीले चुरोट पिउन सुरु गरेका त छैनौ होला ?’
खिस्स हाँसेको नवीनले भन्यो- ‘तिम्रो यो नयाँ अम्मल कहिलेदेखि सुरू भयो नि ?’
‘सोसाइटि मेन्टेन गर्ने निहुँमा सुरु गरेकी थिएँ, कहिले अम्मली भएँ थाहै पाइन !’ भन्दै हाँसी ।
नवीनले एकाएक सोध्यो-‘प्रवीण खत्रीको महल छोडेर किन यो कटेजमा बसेकी ?’
‘भन्नेछु, एक-एक गर्दै सबै कुरा बिस्तारमा भन्नेछु, पहिले तिम्रो हालखबर त जानौं !’ भन्दै चुरोटको धुवाँ यसरी उडाई कि, धुवाँले छोपेको उसको अनुहार मधुरो देखियो । अनुहारको धुवाँ हातले पन्छाउँदै सोधी-‘बहिनीको बिबाह भयो ?’
परबाट आफू उभिएतिर आउँदै गरेकी युवतीको हिँडाइको परिचित चाल देख्दा मनमा बिजुली चम्किएजस्तो भयो नवीनलाई । उसको दृष्टि एकाएक युवतीमा स्थिर हुनपुग्यो । उच्च वक्ष्यस्थल, पुष्ट नितम्ब, निलो जिन्स-पेन्टमाथि गुलाबी टि-सर्टको पहिरन । कम्मरको लच्काई र हिँडाईको मस्त चाल कुनै पनि पुरुषलाई आकर्षित गर्न पर्याप्त थिए ।
‘सुधारगृहबाट फर्किएलगत्तै बिबाह गराएर बिदा गरें । अहिले अमेरिकामा छ ।’
‘सुनिताको बिबाह भएको कुरा सुन्दा खुशी लाग्यो ।’
क्षणभर मौन भएकी सुप्रियाले हिृवस्कीको पेग उठाउँदै भनी- ‘एउटा कुरा सोद्धछु, नढाँटि भन ल ! के तिमीलाई थाहा छ, सुनितालाई कुलतमा फंसाउने को थियो ?’
क्षणभरमा नै एकाएक वातावरण बदलियो । मन तीतो भएर आएको नवीनले भन्यो-‘जान्दछु ।’
सुप्रियाले केही उद्दिग्न हुँदै सोधी-‘को हो ?’
‘तिम्रो परम मित्र प्रवीण खत्री ।’
‘उसले त उक्साउने काम मात्र गरेको थियो । फसाउने काम अर्कैको थियो । त्यो अर्को को हो भन्ने कुरा के तिमीलाई थाहा छ ? थाहा पायौ भने चकित हुनेछौ !’
‘भन त को हो त्यो ?’
‘त्यो अर्को भनिने मानिस तिमी हौ नवीन, तिमी ’
प्रतिकारमा उत्रिएको नवीनले उत्तेजित हुँदै भन्यो-‘झुटो बोल्ने ठेक्का लिएकी छौ कि क्या हो तिमीले ? शब्दको मायाजालले यथार्थलाई छोप्न सकिँदैन सुप्रिया ।’
नवीनको अनुहारमा आउंदै जाँदै गरेका भाव-तरंग हेर्दै गरेकी सुप्रिया केही बोलिन ।
क्षणभरमा सामान्य स्थितिमा फर्किंएको नवीनले भन्यो- ‘छोड, बितेको कुरा बित्यो, सक्कियो । त्यसलाई कोट्याएर के फाइदा ?’ भन्दै व्हिस्कीको पेग रित्यायो ।
सुप्रियाले नवीनको ग्लासमा हिृवस्की थप्दै भनी–‘मैले फाइदा र नोक्सानको कुरा गरेकी होइन नवीन । मलाई थाहा छ त्यो घटनाको विस्तृत जानकारी तिमीलाई छैन । थोरैतिना जे जति जान्यौ मेरो कारणले जान्यौ । सुन्न चाहन्छौ, यथार्थ के हो ?
गम्भीर भएको नवीनले विषयान्तर गर्दै भन्यो-‘म जुन जिज्ञाषा लिएर तिमीलाई भेट्न आएको छु पहिले त्यसको समाधान गर अनिमात्र सुन्छु तिम्रो कुरा ।’
‘भन तिम्रो जिज्ञाषा के हो ?’
‘मेरो मनमा एउटा खुल्दुली अझै बाँकी छ सुप्रिया । मेरो अहं र आत्मसम्मानसँग किन लुकाछिपीको खेल खेल्यौ तिमीले ? हामी दुईजनाको बीचमा त्यस्तो कुन अप्रिय घटना घट्न गयो जसको कारण तिमी केही नबोली, केही नभनि एकाएक हामी दुईबीचको लिभ-इनको सम्बन्धलाई लत्याएर सरक्क प्रवीण खत्रीसँग लिभ-इनमा बस्न पुग्यौ ? के मेरो प्रेममा कुनै खोट थियो ? या प्रवीण खत्रीसँग मसँगभन्दा बढी धन-सम्पति छ भन्ने कुराले आकर्षित गर्यो तिमीलाई ? आज रहस्यको त्यो पर्दा उठाउंछ्यौ कि भन्ने आशमा तिमीलाई भेट्न आएको हुँ । नत्र आउने थिइन होला !’
सुप्रियाले सहज भावमा भनी, ‘तिमी किन आयौ भन्ने कुरा मैले राम्ररी बुझेकी छु नवीन । तिमीलाई निमन्त्रणा दिएर यहाँ बोलाउनुको तात्पर्य पनि तिम्रो जिज्ञासा शान्त पार्नु नै हो । र, आफ्नो मनको बह पोख्नु पनि हो । तर, तिम्रो जिज्ञासा शान्त पार्नुपूर्ब मैले तिम्रो र सुनिताको नितान्त निजी जीवनका केही घटनाक्रममा प्रवेश गर्नुपर्ने हुन्छ ।
कहिलेकाहीँ यथार्थ बडो तीतो लाग्छ नवीन । तर आज म ती सब कुरा सुनाउँने छु जुन कुराको कल्पनासम्म पनि गर्न सक्दैनौ तिमी । के ती सब कुरा सुन्ने धैर्य छ तिमीसँग ?’
‘यदि तिमीले सुनाउने कुरामा मेरो जिज्ञाषाको विषयवस्तु लुकेको छ भने अवस्य सुन्नेछु । मेरो धैर्यमा तिमीले शंका गर्नु पर्दैन ।’
चुरोटको लामु सर्को तानेर कुइरिमण्डल धुवाँ फालेकी सुप्रियाले भन्दै गई नवीनले धैर्यतापूर्वक सुन्दै गयो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच