![छाडा चौपाया ब्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/chhada-Chaupaya-Rupandehi.jpg)
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ सम्मेलनमा सशक्त रुपमा आवाज उठाउने बताउनुभयो ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच