काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाईलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।
केही समय कांग्रेस-एमालेसँग सहकार्य गरेर आफूहरुले गल्ती गरेको उहाँले बताउनु भयो ।
माओवादीलाई सडकबाट सरकार फेर्न हतारो नभएको भन्दै उहाँले भन्नुभयो, तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताउनु भयो ।
कांग्रेस-एमाले पार्टीहरु यो देशमा दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि भएको उहाँको आरोप थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच