
दुबई । मोहम्मद वासिमले युएईको ओडिआई टोलीको कप्तानबाट राजीनामा दिनुभएको छ । शुक्रबार वासिमले कप्तानीबाट राजीनामा घोषणा गर्नुभएको हो । विकेटकिपर ब्याट्सम्यान राहुल चोपडालाई नयाँ कप्तानका रूपमा नियुक्त गरिएको छ ।
चोपडाले नोभेम्बरको सुरुमा ओमानमा हुने आइसिसी क्रिकेट विश्वकप लिग २ को अर्को चरणको खेलमा युएईको कप्तानी गर्नुहुनेछ । ‘एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न मैले कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । नयाँ कप्तानलाई मेरो शुभकामना छ, म उहाँलाई पूर्ण सहयोग गर्नेछु,’ वासिमले भन्नुभएको छ ।
३० वर्षीय वासिमले सन् २०२३ को मार्चमा नेपालविरुद्धको खेलबाट ओडिआई टोलीको कप्तानी सम्हाल्नुभएको थियो । उहाँको कप्तानीमा युएईले केवल ७ ओडिआई जितेको थियो भने १९ मा हार बेहोरेको थियो । टी-२० आईमा भने वासिमले नै कप्तानी गर्नुहुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच