
हेटौंडा । तेस्रो नागस्वती भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ । प्रतियोगिता मंसिर ४ देखि ८ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । हेटौँडा-७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक संस्थाले जानकारी दिएको हो ।
तेस्रो संस्करणको राष्ट्रिय रनिङ शिल्ड फुटबल प्रतियोगितामा देशभरका १८/२० वटा समूहहरूको सहभागिता रहने साथै विजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगद पुरस्कारसहित रनिङ शिल्ड प्रदान गरिने भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो ।
हेटौँडा-७ मा रहेको नवज्योति माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगितामा विधागत पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच