
काठमाडौं । सेवा नेपालले काठमाडौंको चन्द्रागिरि-९ स्थित मच्छेगाउँमा खेर जाने फूलबाट धुप बनाउन सिकाएको छ । मच्छेगाउँका २५ जना स्थानीय महिलालाई एकदिने सीप विकास तालिम आयोजना गर्दै सेवा नेपालले फूलबाट धुप बनाउन सिकाएको हो । तालिमको मुख्य उद्देश्य घर, मन्दिर तथा धार्मिक क्रियाकलापमा प्रयोग गरिएका फूललाई खेर जान नदिई विभिन्न प्रकारका धुपमा रूपान्तरण गरेर आर्थिक उपार्जन र वातावरणको संरक्षण गर्नु रहेको संस्थाले जनाएको छ ।
ग्रिन एक्सन विक-२०२४ का अवसरमा यस अभियानले सामुदायिक सहकार्य र फूलजन्य फोहोरको उचित व्यवस्थापनलाई प्रवद्र्धन गर्ने योजना रहेको बताइएको छ । तालिमको प्रशिक्षण सन्तोषी गुरुङले गर्नुभएको थियो । सेवा नेपालकी संस्थापक अध्यक्ष कल्याणी शाहले यस तालिममार्फत् महिला तथा गृहिणीहरूका लागि स्वरोजगारी र उद्यमशीलताका अवसरमा पहुँच पु¥याउने अपेक्षा गरिएको बताउनुभयो । अध्यक्ष शाहले भन्नुभयो, ‘यस वर्ष हामीले धार्मिक सांस्कृतिक कार्यमा प्रयोगपछि खेर जाने फूलको प्रयोग गरी त्यसबाट धुप बनाई आर्थिक उपार्जन गर्न र वातावरण प्रदूषणबाट जोगाउन सचेतना अभियानका साथै सीप विकास तालिमको आयोजना गर्ने योजना बनाएका छौँ ।
मन्दिर र तीर्थहरूमा चढाइएका फूल प्रसादलाई पवित्र मानिन्छ र सामान्यतया फोहोरको डिब्बामा फालिँदैन तर मन्दिरकै कुनामा वा सडकको छेउमा थुपारिन्छ, जसले त्यस ठाउँको सुन्दरता, हावा र जमिनलाई प्रदूषित गर्दछ । त्यसबाहेक फूल प्रसादलाई पवित्र मानेर खोलामा प्रवाहित गरिन्छ, जसले पानीको गुणस्तर र जलीय जीवनलाई असर गर्दछ । तथापि हाम्रो शहरका नदीहरू प्रदूषित हुनुको यो मात्र एक कारण भने होइन । फूलजन्य फोहोर व्यवस्थापनका लागि न्यूनतम खर्च र सस्तो प्रविधिबाट स्रोतमा सजिलै सम्बोधन गर्न सकिने यो उत्तम उपाय हो ।’
यसैगरी सेवा नेपालका कार्यवाहक अध्यक्ष केशवराज लम्सालले यसप्रकारका तालिमले सामाजिक एकता र वातावरणीय दिगोपनमा सामूहिक समर्पणलाई पनि बढावा दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका-९ का वडाध्यक्ष अच्युत अधिकारी, चन्द्रागिरि-९ गणेशस्थान टोल विकास संस्थाका अध्यक्ष ईश्वर थापालगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । यसैगरी सेवा नेपालकी सचिव समिता केसीले यस प्रकारका तालिम कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको दुवै ग्रामीण क्षेत्र र शहरी परिवेशमा बसोबास गर्ने महिला र बालबालिकाको सामाजिक-आर्थिक उत्थानका लागि समर्पित, सन् १९९२ (विसं २०४९) मा स्थापना भएको सेवा नेपाल एक स्वतन्त्र, गैर-लाभकारी, गैर-सरकारी, नागरिक समाजको प्रतिनिधि संस्था हो । यो संस्थाले महिलाको विद्यमान सामाजिक-आर्थिक र राजनीतिक स्थितिमा सुधार गरि सर्वाङ्गीण सशक्तीकरणका लागि वकालत गर्दछ । यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच स्थापित गर्न व्यक्तिगत अथवा सामूहिकरूपमा सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच