काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ । महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा शनिबार निधन भएको हो । स्वर्गीय महरको अन्तिम संस्कार गर्गक्षेत्र (गैरीवागर) डडेलधुरामा आइतबार गरिएको छ ।
नेता महरका आमा ललितादेवीको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता महरका पाँच जना दाजुभाइ हुनुहुन्छ । यसैबीच, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महरकी ममतामयी माता ललितादेवी महरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच