आज मुलुकले सुशासन खोजिरहेको अवस्थामा छ तर सरकार प्रमुखले नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेले व्यवसयी मीनबहादुर गुरुङबाट भूमि दान लिएका छन् र पार्टी कार्यालयसमेत बनाइदिने रे भन्ने समाचार सार्वजनिक भएपछि नेपाली नागरिकहरूले यस विषयलाई सर्वाधिक चासोका साथ हेरेका छन् । भ्रष्टाचारले देश आक्रान्त भएको सन्दर्भमा यस्ता खालका सनसनीपूर्ण समाचारले स्वयं सत्ताको नेतृत्व गरिरहेको पार्टी र त्यसको अध्यक्षले छवि धमिलिएका व्यवसायीबाट सहयोग लिनु अशोभनिए मात्रै होइन निन्दनीय पनि छ । यस विषयले व्यापक चर्चा पाएको छ त्यो पनि नकारात्मक । सरकारको नेतृत्व गरेका अहिले वा पहिले जुनसुकै बेलाका किन नहुन् ती सबै पार्टीका नेताहरू कुनै न कुनै रूपमा भ्रष्टाचारमा जोडिएका छन् ।
पुराना पार्टीप्रतिको असन्तुष्टिबाट बाहिरिएकाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा थुप्रिन पुगे र सो पार्टी अप्रत्याशित रूपमा राज्यको चौथो शक्ति बन्न पुग्यो तथापि रास्वपा पनि तिनै पुराना शक्तिहरूसँ टास्सिनाले उनीहरू (रास्वपा) पनि भ्रष्टाचारको घिनलाग्दो कर्मबाट अछुतो रहन सकेनन् । त्यसैको प्रभावले आज त्यस पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी केसमा अनुसन्धानको घेरामा परेका छन् । युवाहरूले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यापक चासोको साथ हेरिएको थियो तर आज त्यो आशा र भरोसा पनि निराशामा परिणत भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने संगठित अपराधमा समेत मुछिने आशंका हुन थालेको छ ।
रास्वपाका नेता कार्यकर्ताले विधिको शासनको धज्जी उडाउँदै सडकबाट तमाशा देखाइरहेका छन् जुन आफैंमा अशोभनीय कार्य हो । उक्त पार्टीका देशभरका नेता-कार्यकर्ता सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रिहाइको माग राखेर सडकमा उफ्रिराखेका छन् ।
तर, रास्वपाका नेता कार्यकर्ताले विधिको शासनको धज्जी उडाउँदै सडकबाट तमाशा देखाइरहेका छन् जुन आफैंमा अशोभनीय कार्य हो । उक्त पार्टीका देशभरका नेता कार्यकर्ता सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रिहाइको माग राखेर सडकमा उफ्रिराखेका छन् । सडकमा जानु आफैंमा राम्रो कुरा हो जहाँबाट कुशासन र भ्रष्टाचारको विरुद्ध आवाज बुलन्द गर्दै सुशासनको पक्षमा नागरिकलाई जागरुक र सचेत गराउँदै सरकारलाई खबरदारी गराउनुपथ्र्यो तर रास्वपाको त्यत्रो शक्ति गलत ठाउँमा प्रयोग हुन पुग्यो । यस्तो कार्यले सरकारमा सामेल दलहरूलाई थप बल पुगेको महसुस गरिँदै छ । तसर्थ युवाहरूको व्यापक सहयोग र साथमा निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले गम्भीर भएर सोच्ने बेला आएको छ जस्ले मुलुकमा भरपर्दो र विश्वासिलो राजनीतिक शक्तिको रूपमा विकल्प दिन सकोस् ।
जहानिया राणा शासनदेखि नेपालको राजनीतिमा उदाएको नेपाली कांग्रेस आज ज्यादा विवादको घेरामा परेको छ । धेरै महŒवपूर्ण उपलब्धि हासिल गरे पनि कांग्रेस जनताबीच लोकप्रिय हुन सकेको देखिँदैन । त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रलगायत अन्य पार्टीहरू पनि नेपाली जनजनको मनमनमा बस्न सकिरहेका छैनन् । यस सन्दर्भमा उदाएर आएको पार्टी रास्वपाप्रति नागरिकको आस पलाएको थियो तर त्यस पार्टीको सभापतिको छविमाथि प्रश्न उठ्न थालेपछि पार्टी जोगाउन छोडेर नेता जोगाउनतिर सम्पूर्ण शक्ति खर्चिनु त्यति उपयुक्त थिएन र छैन पनि । यदि नेता कार्यकर्तामा सुझबुझ हुन्थ्यो भने सभापति रवि लामिछाने माथि लागेको अभियोगको स्वतन्त्र रूपले छानबिन तथा अनुसन्धानमा नकारात्मक दबाब र प्रभाव पार्ने प्रयत्नतिर लाग्नु हुँदैनथ्यो जुन कार्य राम्रो मानिएको छैन ।
यद्यपि यही मेसोमा ललिता निवासको जग्गा काण्डका नाइके मीनबहादुर गुरुङलाई प्रभावमा परेर पनि हुनसक्छ नेकपा एमालेले अर्बाैंको सम्पत्ति हत्याएको छ चाहे जुनसुकै प्रयोजनका लागि किन नहोस् । परम्परावादी राजनीतिक शक्तिहरूबाट बिरक्तिएका नेपाली नागरिकहरू जुन कारणले रास्वपातिर देखिए आज त्यो पार्टीको सभापति रवि लामिछाने पनि उनीहरूभन्दा भिन्न हुन नसक्नु विडम्बना हो । वर्तमान राजनीतिक परिदृश्यमा नेपालीहरूको चहाना हो गनाएका नेता र पार्टीको विकल्प बनोस् रास्वपा । यो यथार्थलाई स्वयं रवि लामिछानेले पनि मनन् गर्दै पार्टीको छवि जोगाउनतिर अन्य नेता कार्यकर्तालाई उत्प्रेरित गर्नुपर्नेमा पार्टी भाँडमा जाओस् तर म जोगिनुपर्छ भन्ने मान्यता देखिनु रास्वपाको लागि दुर्भाग्य हो ।
पार्टी स्थापना भएको छोटै समयमा हाई हाई बनेको रास्वपा र त्यस पार्टीका सभापति रावि लामिछानेमा झ्यांगिएको असिमित महत्वकांक्षाले म नै रास्वपा र रास्वपा नै म भन्ने अहंकार अत्यन्तै हानिकारक देखिँदै छ । रवि आफू अनुसन्धानको घेरामा परिसके पछि पार्टीको जिम्मेवारी दोस्रो दर्जाको नेतालाई दिएर पार्टीका दैनिक गतिविधि सुचारु गर्न सहजता गरिदिनुपथ्र्यो । त्यो पनि नगर्नु अर्को दम्भ प्रदर्शन हो सभापति रविको । यो भनाइलाई अन्यथा नठानी गम्भीरतापूर्वक लिनु बुद्विमानी ठहथ्र्यो भन्ने लाग्छ । कांग्रेस, एमाले र माओवादीको एकक्षत्र हैकम तोड्न रास्वपाको जन्म महत्वपूर्ण मानिएको अवस्थामा रास्वपाले पनि अलिकति बाटो बिराउन लागेको हो कि भन्ने चिन्ता छाएको छ । यो प्रसंगलाई रास्वपाले गम्भीरताका साथ लिनुपर्ने देखिन्छ ।
नेपाली नागरिकहरूमा जागरण आएको सन्दर्भमा सचेततापूर्वक अघि बढ्न सकिएन भने मुलुकले दुर्भाग्यबाहेक अरू केही हात लाग्ने अवस्था छैन । पुराना राजनीतिक शक्तिहरू जनताको नजरमा खस्किसकेका छन् । विकल्पको खोजी पनि तीव्र रूपले भइरहेकोे छ । नेकपा एमाले जसले सरकारको नेतृत्व गरिरहेको छ आज भूमाफियाको चंगुलमा फसिसकेको प्रष्ट छ ।
नेपाली नागरिकहरूमा जागरण आएको सन्दर्भमा सचेततापूर्वक अघि बढ्न सकिएन भने मुलुकले दुर्भाग्यबाहेक अरू केही हात लाग्ने अवस्था छैन । पुराना राजनीतिक शक्तिहरू जनताको नजरमा खस्किसकेका छन् । विकल्पको खोजी पनि तीव्र रूपले भइरहेकोे छ । नेकपा एमाले जसले सरकारको नेतृत्व गरिरहेको छ आज भूमाफियाको चंगुलमा फसिसकेको प्रष्ट छ । उता नेपाली कांग्रेस पनि त्यत्तिकै विवादित छ भने माओवादी केन्द्र पनि झनै विवादित छ । यस्तो स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त रूपमा बलियो वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखिएको प्रसंग सान्दर्भिक छ तर सहकारी ठगी प्रकरणमा गिरफ्तारी भएका सभापति रवि लामिछानेको अनुसन्धान प्रक्रियालाई कुनै पनि दबाब नदिई स्वतन्त्र रूपले छोडिदिनु पथ्र्यो त्यो पनि भएन ।
यस्ले मुलुकले खोजेको नयाँ वैकल्पिक शक्ति पनि उहीँ पुरातन पार्टीको गतिमा देखिन थिल्यो भनिँदै छ । जस्ले गर्दा सकारात्मक परिवर्तनकामी जनताको भावनामा चोट पु¥याएको छ । यहाँ कसैकाप्रति आग्रह नराखी यथार्थपरक ढंगले प्रस्तुत हुने जमर्को गरिएको हो । आमनेपाली नागरिकको चाहना सुशासनको माध्यमबाट देशको बिग्रँदो अवस्थामा सुधार ल्याउनु थियो तर त्यो चाहनामा तुषारापात पो पर्ने हो कि भन्ने चिन्ता र चासो प्रकट हुन थालेको छर्लंग भएको छ । अन्ततः ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने भनाइ प्रमाणित हुने लक्षणहरू देखिँदैन छन् ।
यता यसै पनि सरकार अलोकप्रिय बन्दै गएको छ । हालैका दिनमा यहीँ मौका छोपी प्रतिपक्ष दलहरूले सरकारलाई खबरदारी गरेका समाचार आउनु निश्चय पनि सुखद् खबरहरू हुन् र यो क्रम निरन्तर रहिरहन आवश्यक छ ता कि सरकारले बाटो नबिराओस् । लोकतान्त्रिक प्रणालीको एउटा सुन्दर पक्ष हो प्रतिपक्षीबाट सरकारलाई सचेत गराइरहनु । लोकतन्त्रमा सत्तारूढ दलहरूमात्रै होइन प्रतिपक्षी पनि त्यत्तिकै जबाफदेही र जिम्मेवार हुन्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्ने हुन्छ । ओली सरकारको १०० दिन उपलब्धिहिन भए । सत्ताको बागडोर समालेर नेकपा एमालेले प्राप्त गरेको उपलब्धि भनेको पार्टी कार्यालय बनाउन जग्गा दान र भवन निर्माणको प्रारम्भिक रूपमा कामकारबाहीमा विवादित व्यवसायी मीनबहादुर गुरुङ ठूलो दाता बन्न/बनाउन सफल भए ।
यही हो सरकारको हनिमुन पिरियडको प्राप्ति । बाँकी नेपालीको विकास र समृद्धिको चाहना फगत एउटा कोरा कल्पनामात्र हुन पुग्यो । अतः सत्तारूढ दलप्रति नागरिकहरूबाट धेरै आशंका उब्जिएका छन् जसको चित्तबुझ्दो जबाफ सम्बन्धित पक्षबाट आउन सकिरहेको छैन । अन्तमा के भन्न करै लाग्छ भने नेकपा एमालेले मीनबहादुर गुरुङबाट ठूलो परिमाणमा दानदातब्य लिएर भ्रष्टाचार गरेको छ । यो गम्भीर आरोप धेरै महँगो पर्ने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच