काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक अर्ब ७६ करोड एक लाख पाँच हजार रुपैयाँका एक करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन २२.१४ मेगावाट बलेफी ‘ए’ को हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच