प्लाप्टिक जन्य फुलमा प्रतिबन्ध लगाउँदा फष्टाउदै पुष्प ब्यवसाय

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । मुगुमा प्रायःजसाे अतिथि सत्कारलगायत दशैंतिहार, जस्ता शुभ कार्यमा कपडाकाे खादालगायत प्लाष्टिक माला प्रयाेगमा छायाँनाथ रारा नगरपालिकाले प्रतिबन्ध लगाए पछि यहाँ पुष्प ब्यवसाय फस्टाउन थालेको छ  ।

दशै तिहारलाई लक्षित गरि नगरपालिका नजिकका गाउँहरूमा कृषकहरुले पुष्प ब्यवसाय शुरू गरेका हुन् । पछिल्ला केही बर्ष यता ब्यवसायिक रूपमा  पुष्प  खेती  सुरू भए पछि दशैं, तिहार मनाउँदा, पुर्णिमाका बेला धामी झाँक्रीका लागि फुलका मालाले सम्मान तथा स्वागत गर्न सहज भएकाे स्थानिय बासिन्दाहरुले बताउने गरेका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं ५ कार्कीवाडा गाउँका युवा ब्यवसायी बालचन्द्र कार्कीले मुगु जिल्लामा पुष्प  ब्यवसाय शुरु गर्ने पहिलो कृषक हुनुहुन्छ । कार्कीले यो व्यवसाय शुरू गरेकाे ३ बर्ष भयाे । गत बर्ष दशै तिहारकाे बेला फुल बेचेर करिब २ लाख कमाई गरेकाे उहाँ बताउनु हुन्छ । फुलकाे माग धेरै भएकाले गत बर्ष भन्दा यस बर्ष बढी नै  फुल उत्पादन गरेकाेले करिब ३ लाख सम्म आम्दानी हुने उहाँकाे  अनुमान गर्नु भएको छ ।

बेराेजगार भएर बिदेशै जानु पर्दैन उहाँ भन्नुहुन्छ, ' मेहनेत र परिश्रम गरे नेपालमै सुन फलाउन सकिन्छ ।' मौसमी तथा बेमाैसमी  तरकारी खेती समेत गरेर बर्षमा ७ लाख रूपयाँ सम्म कमाउदै आएका कार्की  बिगत ३ बर्ष  देखि सयपत्री फुलकाे समेत उत्पादन गर्दै आउनु भएकाे छ  । स्थानियहरू फुल खरिदका लागि उत्पादन स्थलमै आउनाले बजार धाउनु पर्ने कुनै बाध्यता समेत नरहेकाे कार्कीले  सुनाउनुहुन्छ । प्रति फुलकाे माला रू  १५० र प्रति केजी फुलकाे  रू ३५०  मूल्य कायम गरिएकाे समेत कार्की बताउनु हुन्छ ।

विशेष  गरि सदरमुकाम गमगढीलगायत छिमेकी जिल्लाहरु जुम्ला, कालिकोट, हुम्लालगायत  छायाँनाथ रारा नगरपालिका वडा नं  १ देखि १४  सम्मका वडाबाट फुल खरिदका लागि माग आउने गरेकाे उनी भन्छन् । प्लाष्टिक घर भित्र फुल खेती गरेकाले जाडाे समयमा समेत छिटै फुल नमर्ने भएकाले चाहिने समय सम्म फुल जाेगाई राख्न सकिने कार्कीकाे भनाई छ ।

देशमा बेराेजगारीकाे समस्या झेली रहेका युवाहरूकाे लागि नेपालमै पसिना चुहाए सुन फलाउन सकिने रहेछ भन्ने कुरा अन्य युवा जमातकाे लागि कार्की प्रेणाकाे श्राेत बनेका छन् । पछिल्ला समयमा  जिल्लामा भित्रिने कृषिलगायतका अन्य अनुदानहरू वास्तविक उत्पादनशिल कर्ममा लागेका कृषक बर्गहरूमा नभई गैर ब्यवसायिक हातमा अनुदान पर्दा आफू जस्ता वास्तबिक कृषिमा लागेका ब्यक्तिहरूकाे काम गर्ने जाँगर समेत हराउने गरेको उहाँ गुनाँसाे गर्नुहुन्छ  ।

आफू जस्ता वास्तबिक ब्यवसायीहरूले प्राेत्साहन पाएकाे खण्डमा उत्पादनमा बृद्दि गरी झनै ब्यवसाय फष्टाउने र राेजगारीकाे स्थिती सृजना हुने कार्कीकाे तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?