कालीकाेट । गत असोज ३० गते आगलागीबाट प्रभावित भएका कालीकाेटकाे तिलागुफा-६ जुविथाका आगलागी पीडितलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमवार आफ्नै उत्पादनको धान, चामल र लत्ताकपडा राहात वितरण गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सी (बम) को नेतृत्वमा आगलागी पीडितलाई जुविथा पुगेर पीडित परिवारका लागि कालीकोटको रास्कोट-८ भात्तडी जिउलोमा राेपाईं गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौंस्थित विप्लव समुहले सञ्चालन गरेको कपडा गार्मेन्टबाट कालीकोट लगिएको लत्ताकपडासहित केही ब्यवसायीबाट जुटाइएको राहात सामग्री हस्तान्त्रण गरेको हो ।
'स्थायी कमिटी सदस्य भरत सी बमले गाडीमा गाउँ नजिकै लगिएको धान आफै काधमा बोकेर गाउँ पस्दा स्थानीय अचम्मित भएँ । ठूला नेता पनि भारी बोक्दा रहेछन् त', अचम्मित हुँदै स्थानीय धामी परेकवहादुर शाहीले भन्नुभयाे । 'गाडीबाट झारेको धान चामल आफै बोकेर गाउँ आए ।'
कालीकोटको जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णयलाई आत्मसात गर्दै जुविथामा आयोजित कार्यक्रममा तिलागुफा-६ का वडाध्यक्ष पर्वलाल शाहीमार्फत सबै पीडित परिवारलाई क्षति अनुसार पूर्णरुपमा क्षति भएका, आशिंक क्षति भएका र न्यून क्षति भएका परिवारलाई घाउमा मलम लगाउन जहाँ विपद्, त्यहाँ नेकपा भन्ने नाराका साथ राहात सामग्री हस्तान्त्रण गरेको स्थायी समिति सदस्य भरत सी ले बताउनुभयाे ।
खेत जोत्ने पार्टीकोरुपमा चिनिने नेकपाले गत वर्ष जाजरकोटर रुकुमपश्चिमका भुकम्प पीडितलाई पनि आफ्नै उत्पादनको १०० बोरा चामल राहात दिएको सुनाउँदै कालीकोटको जुविथा आगलागी पीडितका लागि पनि आफैले उत्पादन गरेको धान र कपडा ल्याएर गाउँ पुगेको बताउनुभयाे ।
राष्ट्रमाथिको संकट, सामाजिक संकट र प्राकृतिक विपत्तिमा सबै एकजुट भएर सामना गर्नुपर्छ । उहाँले भन्नुभयो । दलीय स्वार्थभन्दा माथि उठेर मानवीयताका नाताले सक्दाे सहयोग गर्नुपर्छ । कालीकोटको रास्कोट घर भएका भरतले जुविथाका लागलागी पीडितका घर निर्माणका लागि सबै तहका सरकार र अन्यको सहयोग आवश्यक रहेको बताउनुभयाे ।
आगलागी पीडितका घरको अवलोकन गर्दै जुविथाका एकै घरभित्र १३ वटा परिवार बस्ने चलन आफूलाई पनि अचम्म लागेको सुनाउँदै पीडितका अगल-अलग घर निर्माणका लागि पहल गर्नुपर्ने सुझाव राखेकाे सुनाउनुभयो ।
काठमाडौंबाट राहात सामग्री ल्याएर आएका जुविथा घर भएका पार्टीका काठमाडौं महानगर इन्चार्ज धनराज शाही सी ले हिमालय टाइम्सकाे समाचार पढेपछि आफ्नो गाउँका पीडित घर परिवारकालागि पार्टी र अन्य सँग सहयोग जुटाएर गाउँ पुगेको सुनाउनुभयाे ।
पीडित घर परिवारका अगुवा मनराज शाहीले पार्टी तर्फबाट सहयोग गर्ने नेकपालाई धन्यवाद दिदैँ भन्नुभयाे विप्लव त चन्दा मात्र माग्छन् भन्ने हल्ला गलत रहेछ । उहाँले थप्नुभयाे आपत विपद्मा परेकालाई सहयोग पनि गर्ने रहेछन् ।
सधैं चन्दा माग्ने आरोप लागेको पार्टीले आफ्नै उत्पादनको धान र लत्ताकपडा सहयोग गर्नु उत्कृष्ट काम भएको कान्तिपुरका उप-सम्पादक तथा नागरिक अगुवा तुलाराम पाण्डेले बताउनुभयाे ।
जुविथा गाउँमा आगलागीमा परेर ३ घर पूर्णरुपमा क्षति हुँदा २६ परिवार प्रभावित भएका छन् भने हालसम्म पीडित परिपवारले सरकारले दिने नगद राहात अझै नपाएको गुनासो पोखे । जिल्ला प्रशासनले पूर्ण क्षति भएका परिवारलाई १५ देखि २० हजार नगद दिने भनेको हो । पीडित पम्फा शाहीले गुनासो पोख्नुभयाे । संघ संस्थाको पाल र ओड्ने बाहेक अरु केही पाइएको छैन् ।
नेकपाले पार्टी कार्यकर्तालाई स्वरोजगार बनाउन देशका विभिन्न ठाउँमा कृषि फमका साथै यस वर्ष मात्र कपिलवस्तुमा ९ बिघा, चितवनको माडीमा १४, सुदूरपश्चिमको कैलाली कन्चनपुरमा १२, दाङ १४ सहित अन्य सबै जिल्लाको गरी १ सय ५० बिघा जमीनमा धान खेती गरेको नेकपाका केन्द्रीय सदस्य ऐनवहादुर शाही विवेक सीले जानकारी दिनुभयाे ।
सशस्त्र द्वन्द्वमा माओवादीको आधार इलाकाको रुपमा चिनिएको कालीकोटमा पुनः विप्लव माओवादीले लोकतातान्त्रिक गणतन्त्रमा पनि परिवर्तन महसुस गर्न नसकेका समुदायलाई संगठित गर्दै परिचालन गरेको छ । जनयुद्धको क्रममा सबैभन्दा पहिले डिएसपी कैलाशकुमार क्षेत्रीलाई एम्बुस थापेर हत्या गरिएको कालीकोटमा ०५४ मा मालकोटको थिव डाँडामा महिलामाथि हातपात गर्ने २ जना हतियारधारी सुरक्षाकर्मीलाई महिलाले लखेटेर हत्या गरेका थिए ।
कोटवाडा, पिलीलगायतका सुरक्षा क्याम्पमा आक्रमण गर्दा ठूलो जनधनको क्षति यहीँ कालीकोटले व्यहोर्नुपरेको थियो । जनयुद्धको क्रममा ५ सय ४९ जनाले ज्यान गुमाएको कालीकोटमा घाइते अङ्गभङ्ग, बेपत्ताको संख्या पनि त्यत्तिकै छ । माओवादी सरकारमा गएर पनि जनताले राहतको महसुस गर्न नपाएको गुनासो बढ्दै गएको बेला विप्लव माओवादी निराश जनतालाई पुनः क्रान्तिका सपना देखाउन सक्रिय भएका छन् ।
माओवादी नेता खड्कवहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला समेत रहेको कालीकोटमा उहाँकाे पार्टी सक्रिय बनेको छ । कालीकोटमा माओवादीका धेरैजसो पुराना नेता विप्लव माओवादी तिर छन् । ०६४ मा निर्वाचित दुवै जना सभासद विश्वकर्मा र धिरेन्द्रा उपाध्याय, भरत बम रणवीर, एटम विसी, कर्णवहादुर भण्डारी, नवीन विश्वकर्मा हितमान, मनिलाल ऐडी रणदीपलगायतका नेताहरु यहीँ समुहमा भए पनि ०७९ को स्थानीय तह चुनावमा स्वतन्त्रकोरुपमा चुनाव लडेका विप्लव समुहका नेता कार्यकर्ताले लज्जास्पद हार बेहोरेका थिए । यसको प्रमुख कारण चन्दा सहयोग भएको ठहर गर्दै पार्टी उत्पादनसँग जोडिएर जनता संगठित गर्न लागेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच