✍️ रूपक ढकाल
कुनै पनि देश कस्तो बन्छ अथवा कस्तो बन्ने वाला छ भन्ने कुराको नाप त्यो देशको शिक्षा प्रणालीले गर्ने गर्दछ । विश्वमा धेरै देशहरू छन् जसमध्ये नेपाल पनि एउटा पर्छ । यतिकै पनि नेपालको शिक्षा प्रणालीमाथि थुप्रै आलोचना हुँदै आएको पाइन्छ, उदाहरणका लागि परम्परागत शिक्षा पद्धति भयो भन्ने गुनासो सुनिँदै आएको छ ।
तपाईंहरूले देश राजनीतिक पार्टीका नेताले बिगारेका हुन् भन्नुहुन्छ भने म यो पनि भन्छु कि भ्रातृ संगठनकै योगदान यसमा छ । जुन किसिमका सदस्य मैले देखेको छु भ्रातृ संगठनमा भोलि गएर आजका जस्तै नेता बन्ने यिनीहरू नै हुन् ।
नेपाल विकासोन्मुख देशअन्तर्गत पर्दछ अर्थात् विकासतिर लम्किरहेको भनेर बुझ्दा पनि हुन्छ यस अवस्थामा देशलाई सहयोग गर्ने भनेको हाम्रो शिक्षा वा हामीले लिएको शिक्षाले हो, जुन शिक्षा लिने वातावरण अहिलेको अवस्थामा पूर्णरूपमा नेपालमा देखिँदैन । यहाँबाट लाखौं हजारौं विद्यार्थी अन्तर्राष्ट्रिय बिमानस्थलमा भिड लागेको हामीले देखिरहेका छौँ, अनि साथसाथै त्यो भिड देखेर लाज पचाएर बसेको सरकार पनि देखिरहेकै छौँ । समस्या हुँदाहुँदै यसको वास्ता नगर्ने सरकारप्रति हामीले के आधारले विश्वास गर्ने ? आउँदा दिनहरूमा के मुख हेरर भोट गर्ने ? जुन देशमा अझै शिक्षाको लडाइँ गरिरहनु परेको छ त्यो देशबाट अरू के आशा राख्न सकिएला ? यहाँ बस्नुपर्छ है यहीँ केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना कहिले हुन्छ ? यी सब कुरा हामी सबैलाई थाहा छ अनि हाम्रा विश्वविद्यालय पनि दिनदिनै रोगी बन्न पुगिरहेका छन्, उदाहरणका लागि जसरी ग्यास्टिकले अल्सर निम्त्याउछ त्यसरी नै विश्वविद्यालयमा भ्रातृ संगठनका नाममा राजनीति भन्ने रोग भित्रिन थालेको छ । भ्रातृ संगठन कति राम्रो कति नराम्रो भन्ने कुरामा मेरो ज्ञान छैन । तर, कतिपय कुराले के देखिन आउँछ भने जुन उदेश्यका साथ यो संघसंगठन जीवित छन् त्यो किसिमको काम भने पक्कै हुन सकेको छैन जस्तो भन्ने कुरा देखिन थालेको छ या देखिइरहेको छ । सायद यो कुरा संघसंगठनका मित्रवरलाई थाहा नै छ होला ।
अहिलेकै अवस्थामा रहेर कुरा गर्दा राजनीतिबाट बुढापाका वाक्क हुने अवस्था छ अनि भ्रातृ संघसंगठनबाट विद्यार्थीहरू, कसरी भने विद्यार्थीको माग पूरा भएन भनेर तालाबन्दी गर्नु । तालाबन्दी गर्नु ठीक होला उहाँहरूको हेराइमा तर जुन तालाबन्दीले परिवर्तन पनि ल्याउँला केही हदसम्म तर तालाबन्दी एकमहिना चल्दा विभिन्न समस्या देखा पर्छन् जस्तै कि परीक्षा सञ्चालन हुनबाट बञ्चित हुनुपर्ने, पढाइमा निरन्तरता आउन नसक्ने जस्ता गुनासाहरू । भ्रातृ संघठनमा नलागेका सामन्य विद्यार्थीबाट सुनिँदै आएकै कुरा हो यसको बारेमा कसले बोलिदिन्छ ?
तालाबन्दी लगाएर एक किसिमको आक्रोश पोख्ने अवस्थामात्र हो कि त्यसले केही काम ग¥यो भन्ने प्रमुख प्रश्न हो । देशको शिक्षाको बारेमा बोल्ने सरकारले हो, शिक्षा मन्त्रालयले हो, भ्रातृ संगठनले पक्कै होइन होला, अनि कलेज व्यवस्थापन गर्ने कलेज प्रशासनले हो, भ्रातृ संगठनले होइन होला । कलेजमा कहिलेकाहीँ विद्यार्थीको माग पूरा हुन नसक्नु स्वभाविक नै हुन्छ त्यसमा बोल्नलाई विद्यार्थी आफैं सक्षम हुन्छन् यहाँ त भ्रातृ संगठनको प्रतिस्पर्धा जस्तो देखिन आउँछ । कसले तालाबन्दी गर्ने र आफ्नो शक्ति प्रदर्शन गर्ने भनेर जुन प्रमुख समस्या हो ।
हामीले देखका पनि छौं ज्ञापनपत्र बुझाइयो चाँडै समस्याको समाधान हुन्छ भनेर फोटो पोष्ट गरेको देखिन्छ । तर, काम नि ? काम त उहि नै त हो ‘जुनै जोगी आए पनि कानै चिरेको’ भनेजस्तै नै हुन्छ । यो होइन कि भ्रातृ संगठनले केही नगरेको केही राम्रा काम पनि गरेको छ । तर, योभन्दा धेरै पनि गर्न सक्नुपर्छ भन्नेमात्र हो ।
हुन त ‘गधाको बच्चालाई पखालेर गाईको बच्चा पनि त बनाउन सकिँदैन नि’ हो यही अवस्था अहिलेको भ्रातृ संगठनमा देखिन्छ, यहाँ सम्पूर्ण अधिकार जमाउने निकाय अन्त्यमा गएर राजनीतिक पार्टी नै बनेको देखिन्छ । यस्तो लाग्छ भ्रातृ संगठन यिनै राजनीतिक पार्टीका कार्यकर्ता हुन् । यदि नभएको भए त केही काम गर्थे होला, न काम नै भयो न केही नै, यता शिक्षा पनि सुधार गर्ने नाममा खस्किँदै गयो उता राजनीति पनि बढ्दै नै छ ।
संघ संगठन खोल्ने अधिकार संविधानले दिएको छ, यत्रो संघर्षपछि लेखिएको संविधानको उपयोग पनि त्यसैगरी गर्नुहोस् । यदि गुण्डागर्दी गरेरै देश चलाउने उद्देश्य भए त नयाँ पुस्ताको अर्थ नै रहँदैन ।
यदि तपाईंहरूले देश राजनीतिक पार्टीका नेताले बिगारेका हुन् भन्नु हुन्छ भने म यो पनि भन्छु की भ्रातृ संगठनकै योगदान यसमा छ । जुन किसिमका सदस्य मैले देखेको छु भ्रातृ संगठनमा भोलि गएर आजका जस्तै नेता बन्ने यिनीहरू नै हुन् । होला अहिलेका नेताले पढेका छैनन् राम्रो शिक्षा पाएनन् तर हुनेवालाहरू पढेलेखेका नेता तर काम गर्ने कुरामा आजका जस्तै नेता बन्ने निश्चित नै छ । यदि भ्रातृ संगठनका सदस्यहरूको उद्देश्य देश बनाउने हो अनि देशलाई अघि बढाउने नै हो भन्ने छ भने विश्वविद्यालयबाट राजनीति गर्न छाडिदिनुस् देश आफैं बन्छ । यदि तपाईंहरूलाई लाग्छ कि एक-दुइटा ज्ञापनपत्र बुझाएर हामीले ठूलै काम गरेका छौं भने त्यसलाई तपाईंहरूले काम भन्न छाडिदिनुस् त्यो केवल आश्वासनमात्र हो ।
एक–दुईजना मन्त्रीलाई चिनेका भरमा आफूलाई प्रधानमन्त्री झैं ठूला कुरा गरेर स्टाट्स नहाल्नुस् फोटो प्रदर्शन पनि नगर्नुस् । सक्नुहुन्छ विद्यार्थी हितका लागि केही प्रभावकारी काम गर्नुस् अन्यथा यो तालाबन्दी गर्ने अनशन बस्ने र अनेक नाटक गरेर आफूलाई महान बनाउने काम नगर्दिनुस् । भोलि तपाईं त यही भ्रातृ संगठनबाट माथि पुग्नु होला तर एउटा साधारण सर्वसाधारणका छोराछोरीले खाडी पुग्नुपर्ने हुनसक्छ त्यस कारणमात्र अनुरोध गर्दछु सके काम गर्नुस नसके राजनीति भित्र्याएर शिक्षालाई अन्योलमा नपारिदिनुस् !
संघसंघठन खोल्ने अधिकार संविधानले दिएको छ, यत्रो संघर्ष पछि लेखिएको संविधानको उपयोग पनि त्यसैगरी गर्नुहोस् । यदि गुण्डागर्दी गरेरै देश चलाउने उद्देश्य भए त नयाँ पुस्ताको अर्थ नै रहँदैन । त्यसकारण सुधार गर्नुपर्ने कुरामा उत्तिकै ध्यान दिनुहोस् । आजसम्म तपाईंहरूले गरेका कामको उच्च सम्मान त सदैव गरिने छ तर एकदुइटा राम्रा पछाडि केही नराम्रा कुराहरू पनि छन् विस्तारमा केलाउन अनुरोध ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच